OnlinePana

आज : २०८३ बैशाख १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन १८, २०७९
३५० पटक

१८ फागुन २०७९, बिहीबार

राष्ट्रिय प्रजातन्त्र पार्टीले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष राप्रपाका प्रदेशसभा सदस्य सन्तोषी शाहीले आज एक लिखित पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउनुभयो । संघ सरकारमा रहेको राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै केन्द्रले पठाएको निर्णय अनुसार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “परिवर्तित राजनीतिक परिवेशमा राप्रपा सत्तामा रहिरहनु उपयुक्त नहुने केन्द्र पार्टीले निर्णय गरेको छ । त्यही निर्णय मुताबिक राप्रपाले देशभरि प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन्छ ।” चालीस सदस्य रहेको कर्णाली प्रदेशसभामा राप्रपाको एक सिट मात्र रहेको छ ।

प्रतिकृया दिनुहोस्