OnlinePana

आज : २०८० चैत्र ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १८, २०७९जुम्ला
६९६ पटक

१८ फागुन २०७९, बिहीबार

जुम्ला तिला गाउँपालिका ४ नुवाकोट गाउँको महादेवस्थानमा भएको आगलागीबाट मौरीका १३ घारसहित घर नष्ट भएको छ ।

गएराति १ः०० बजे भएको आगलागीबाट नुवाकोट गाउँ निवासी लालबहादुर हमालको घर र १३ घारमा भएको मौरी पूर्णरुपले नष्ट भएको हो । पीडित घरधनी हमालले १३ घार मौरी, एक तोला सुन र रु.६५ हजार नगद जलेर नष्ट भएको जनाउनुभयो । उहाँका अनुसार मानवीय क्षति भने भएको छैन ।

“जुम्लामा अहिले आरु फुल्ने बेला भएकोले दिउसो मौरीलाई चारो हालेको थिए । राति ११ः०० बजे माहुरी हेर्न जाँदा कक्रेटो (सल्काइएको कपडाको टुक्रा) लिएको थिए,” उहाँले भन्नुभयो, “सायद त्यसको झिल्काले हो कि ? घार नजिकमा राखेको पिरलबाट सल्केर मौरीको गोलोसहित १३ घार र खाली छ घार, चामल, तेल र मकैलगायतका खाद्य र लत्ताकपडा जलेर नष्ट भएका छन् ।”

श्रीमती माईती र छोराछोरी अर्कै गाउँमा गएको, आमा नजिकै छिमेकीको घरमा र आफू एक्लै आफ्नो घरमा सुतेकोको अवस्थामा राति आगलागी भएपछि छिमेकीको घरबाट आमाले थाहा पाएर आफ्नो ज्यान बचाएको उहाँले बताउनुभयो । यदि आमाले थाहा नपाएको भए आफू पनि जलेर मर्ने भन्दै उहाँले ठूलो दुर्घटना हुनबाट जोगिएको जनाउनुभयो ।

आम्दानीको मूल स्रोत मौरी नष्ट भएपछि भने जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता सृजना भएको पीडित हमालले दुखेसो व्यक्त गर्नुभयो । आगलागीबाट रु.दुई लाख ६० हजार बराबरको मौरी नष्ट भएको छ । अहिले बजारमा महको प्रति केजी रु.दुई हजारमा बिक्रीवितरण हुँदै आएको छ ।

घटनाको स्थलगत क्षतिको एकिन विवरण लिन तिला गाउँपालिका कुडारीस्थित प्रहरी चौकीबाट प्रहरी गएको जनाइएको छ । प्रहरीका अनुसार स्थलगत प्रतिवेदनले क्षतिकाे पूर्ण विवरण प्राप्त हुनेछ ।

प्रतिकृया दिनुहोस्