OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १६, २०७९सुर्खेत
१७६ पटक

१६ फागुन २०७९, मंगलबार

पूर्वाधार विकास निर्देशनालय सुर्खेतका प्रमुख इन्जिनियर रामशरण आचार्यले पूर्वाधार निर्माणमा १५ प्रतिशत प्रगति भएको बताउनुभएको छ ।

प्रमुख इन्जिनियर आचार्यले बड्डीचौर–बिम्रेनी–बाबियाचौर १३ किलोमिटर २० करोड, कुइने–जामु–बाबियाचौर–भक्तरी जंगलघाट १८ किलोमिटर सडक रु.२४ करोड लागतमा निर्माण भईरहेको र चालु आर्थिक वर्षको असार मसान्तभित्र सम्पन्न हुने बताउनुभयो । त्यस्तै, घाटगाउँ–गुटु जोड्ने १३.६४ किलोमिटर पक्की गर्न लागिएको उहाँले बताउनुभयो ।

प्रदेश राजधानी वीरेन्द्रनगर बजार क्षेत्रको मंगलगढी–गणेशचोक–पिपल चौतारी रु.१३ करोडमा ठेक्का भएको बताउनुभएका उहाँले मंगलगढी–काक्रेबिहार २.५ किलोमिटर सडक रु.१२ करोडमा ठेक्का भएर २० मिटर चौडा बनाउन थालिएको जनाउनुभयो । उहाँका अनुसार धरमपोखरादेखि पाठो काट्नेसम्म रु.३३ करोड लागतमा १७ किलोमिटर ग्राभेल सडक निर्माण सुरु भएको छ ।

सुर्खेतस्थित सहिदपार्कमा रु.दुई करोड ८० लाख लागतमा २.५ किलोमिटर र दुई करोड ८० लाखमा शंकरचोकदेखि पृतनाचोकसम्म पक्की सडक निर्माण कार्य सम्पन्न भएको प्रमुख आचार्यले बताउनुभयो । त्यस्तै, घाटगाउँ गुटु झ्यानझ्याने खोलामा रु.नौ करोड ९८ लाखको लागतमा पुल निर्माण भइसकेको छ ।

निर्देशनालयले हालसम्म कार्यसम्पादन गरेका बोलपत्र आह्वान भएका योजना ३७, सम्झौता भएका १५, आशयपत्र जारी भएका नौ, ठेक्का मूल्याङ्कन र सम्झौता हुन बाँकी योजना १३ र बोलपत्र आह्वान गर्नुपर्ने योजना १३ वटा रहेको जनाएको छ । निर्देशनालयका अनुसार पूर्वाधार विशेष कार्यक्रमअन्तरगत सम्झौता भएका नौ, भुक्तानी भएका चार र सम्झौता हुन ७२ गरी कुल योजना संख्या ८१ रहेका छन् ।

 

प्रतिकृया दिनुहोस्