OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन १४, २०७९
२३२ पटक

१४ फागुन २०७९, आइतबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले स्वस्थ एवं समृद्ध देश निर्माणमा नेपाल क्रिकेट संघ (क्यान)को महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) कर्णाली प्रदेशको आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित वार्षिक साधारण सभा–२०७९ को उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले खेल क्षेत्रमा क्रिकेट संघले राम्रो भूमिका निर्वाह गरेको बताउनुभयो । देशलाई एकतावद्ध र स्वस्थ बनाउन संघले खेलेको भूमिकाको कदर गर्दै उहाँले क्यानको आगामी दिनको थप प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री शर्माले आगामी दुई वर्षपछि कर्णालीमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुदमा क्यानबाट सहयोग पुग्ने जनाउनुभयो । कर्णाली प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालले दशौँ राष्ट्रिय खेलकुदको लागि रु.एक अर्व ३४ करोड बजेट लाग्ने बताउनुभयो ।

उपाध्यक्ष हमालले कर्णाली सरकार आफैले सचिव नियुक्त गर्न सक्ने अवस्था नभएसम्म संघ सरकारबाट आउने सचिवबाट अपेक्षित काम नहुने टिप्पणी गर्दै मुख्यमन्त्री शर्मालाई प्रदेशले आफ्नै सचिव राख्ने वातावरण मिलाउन आग्रह गर्नुभयो । उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले कर्णालीमा भएको हिरालाई फुटाएर इतिहास रच्न मुख्यमन्त्री शर्मालाई सुझाव दिनुभयो ।

कर्णाली प्रदेश क्रिकेट खेलमा पछि परेकोले यसको विकासमा ध्यान दिन सरकारलाई उहाँले अनुरोध गर्नुभयो । उक्त साधारणसभामा ४५ भन्दा बढी जिल्लाबाट अतिथिहरु सहभागी भएको आयोजकले जनाएको छ । साधारणसभा भोलि सोमबारसम्म चल्ने जनाईएको छ ।

प्रतिकृया दिनुहोस्