OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १४, २०७९सुर्खेत
१६० पटक

१४ फागुन २०७९, आइतबार

नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता झलनाथ खनालले सबै दलहरुको केन्द्रबिन्दु भनेकै सत्ता मात्र भएको बताउनुभएको छ ।

आज सुर्खेतमा आईपुग्नु भएका नेता खनालले पत्रकार भेटघाटमा बोल्दै पछिल्लो समयमा सत्ता प्राप्त गर्न खास खास पार्टी त्यसैमा केन्द्रित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले यसमा ¥याल चुहाएको छैन । यद्यपि लामो सयमदेखि राष्ट्रपतिमा मेरो चर्चा रहँदै आएको थियो । म चर्चाका निम्ति मरिमेटी हिडेको पनि छैन ।”

देशको निम्ति पार्टीहरुले नसोचेको टिप्पणी गर्दै उहाँले वामपन्थी प्रगतिशीहरुको बीचमा एकता हुन आवश्यक रहेकोमा जोड दिनुभयो । नीति, विधि, सिद्धान्त, योजना नमिल्ने कुनै पार्टीसँग एकता नहुने बताउनुभएका उहाँले यतिबेला निर्माण भएको गठबन्धनबाट गुणात्मक परिवर्तन आशा गर्न नसकिने तर्क गर्नुभयो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले अगाडि भन्नुभयो, “देश जसरी अगाडि बढेको छ, यो कतिबेला के हुन्छ भन्ने कुरा सहजै भन्न अहिले भन्न सकिदैन । राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई सहयोग गर्न माग गर्दै नेकपा एमालेले पठाएको पत्रबारे पार्टीमा छलफल भईरहेको छ ।” अध्यक्ष माधव नेपालले समय घर्किसकेकाले एमालेका उम्मेदवारलाई मत हाल्न नसकिने बताइसक्नुभएको छ ।

 

 

प्रतिकृया दिनुहोस्