OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,फागुन १४, २०७९जुम्ला,
२९८ पटक

फागुन १४ गते । नेकपा एमालेका पार्टी सचिव तथा संविधानसभा सदस्य योगेश भट्टराईले माओवादीले राष्ट्रपतिको मत सुवास नेवाङलाई दिने बताउनु भएको छ ।

जुम्लामा गरिएको पत्रकार भेटघाटमा नेता भट्टराईले माओवादीले २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनमा पुष १० को सम्झौता अनुसार माओवादीले एमालेलाई राष्ट्रपतिको मत दिने बताउनुभयो । उहाँले यो माओवादीका लागि वामपन्थी एक हुने अवसर भएकाले सहमतिको कार्यान्वयन माओवादीले गर्नेमा जोड दिनुभयो ।

प्रेस चौतारी जुम्लाले नेपाल पत्रकार महासंघ जुम्लाको हलमा गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले माधव नेपालले पनि ठूलो अवसर गुमाएको बताउनुभयो । नेकपा एमालेले फेरी एक पटक उहाँलाई राष्ट्रिपतिको उम्मेदवारको लागि भनेको भएपनि स्विकार नहुनु उहाँका लागि घाटा भएको बताउनुभयो ।

नेता भट्टराईले आफु गर्ने अभियानमा कर्णालीमा आएको वताउनु भयो । उहाँले तत्कालै शुरु गरिने पार्टी सुदृढ अभियान २०७९ साल वैशाख ९ गते सम्म संचालन हुने जानकारी दिनुभयो । पार्टी भित्रको तल्लो अवस्था सुदृढ गर्न पछिल्लो समयमा भएका गतिविधिका बिषयमा वुझ्न अव एमाले ग्राउण्डमा स्तरमा होमिएको समेत वताउनुभयो ।

पत्रकार भेटघाटमा पत्रकारहरुले वर्तमान राजनितिक सत्ता समिकरणको बिषयमा सोधिएका प्रश्नमा उहाँले माओवादीले मत दिएमा एमालेले थप बलियो बनाईदिने बताउदै पुरानै समिकरणको कुरा वापपन्थीका लागि राम्रो नभएकोमा जोड दिनुभयो । नेता भट्टराईले माओवादीले पुष १० को समझदारी भंग नगरेकाले राष्ट्रपतिलाई मतदान गर्ने भन्दै भंग गरेमा अर्को वल्ल राजनितिक अवस्था आउने बताउनुभयो । उहाँले सोही समझदारीका कारण सरकारवाट पनि नवाहिरिएकोमा जोड दिनुभयो ।

क्याप्सन : नेकपा एमाले सचिव योगेश भट्टराई पत्रकार भेटघाटमा जुम्ला तस्बिर नेत्र शाही जुम्ला ।

प्रतिकृया दिनुहोस्