OnlinePana

आज : २०८३ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन १३, २०७९
४९८ पटक

विजय रावत
जुम्ला, १३ फागुन,  जुम्लाको पातारासि गाउँपालिका वडा नम्बर ३ अन्तर्गत चौर गाउँलाई एकीकृत बस्ती विकास गर्नका लागि संघकी सरकारका सहरी विकास मन्त्री विक्रम पाण्डेसंग यहाँको पातारासी गाउँपालिका उपाध्यक्ष सहितको टोलि र जुम्लाका संघीय सभाका सांसद छिरिङ ल्यामु लामा तामाङले बजेट व्यवस्थापन गर्नेका लागि बजेटको माग गरेकाछन् ।

सो वडाको गाउँ लाई गाईबारा खोलाले कटान गरि बस्ती जोखिम भएकोले सांसद लामाको विशेष पहलमा आउने आर्थिक बर्षमा सहरी विकास मन्त्री पाण्डेले बजेट व्यवस्थापन गर्ने भनी प्रतिबद्दात जारि गरेको उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो ।

बजेट अभावले चौर गाउँलाई पालिकाले समाधान गर्न सकेन जुम्लाका संघकी सभाका सांसद छिरिङ ल्यामु लामा तामाङले मन्त्री ज्युलाई समस्य राख्नुभयो वडाध्यक्ष सहित पालिकाबाट बजेट निश्चित गर्न मन्त्रालय आउनु परेको उपाध्यक्ष रोकायाले बताउनुभयो । सांसद छिरिङ ल्यामु लामा तामाङले पातारासीको चौर गाउँ लाई एकीकृत नमुना बस्ती बनाउनका लाग चाहिने बजेटको व्यवस्थापनका लागि सहरि विकास मन्त्री ज्यु संग पहल भएको छ मन्त्री बाट बजेटको व्यस्थामा मेरो प्रथामिकता परेको वचन दिएको र सबै निकायबाट सहयोग गरि समस्याको हल गरिने सांसद छिरिङ ल्यामु लामा तामाङले जानकारी दिनुभयो ।

मन्त्रालयले बजेट विनियोजित भए चौर गाउँ लाई नमुना बस्ती बनाउन सहज हुने पातारासि गाउँपालिकाले जनाएको छ। मन्त्री पाण्डे संग उपाध्यक्ष रोकाया, १ र ३ नम्बर वडाध्यक्ष र जुम्लाका सांसद लामा सहितको टोलिले भेटघाट गरेको थियो ।

प्रतिकृया दिनुहोस्