OnlinePana

आज : २०८३ जेठ २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ११, २०७९सुर्खेत
३८७ पटक

 

११ फागुन २०७९, बिहीबार

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा रनसिंह परियार चयन हुनुभएको छ ।

माओवादी केन्द्रको दलको बैठकले उहाँलाई प्रमुख सचेतकमा चयन गरेको हो । प्रमुख सचेतक परियारले हुम्ला प्रदेश (२) बाट निर्वाचित हुनुभएको हो । त्यस्तै, बैठकले सचेतकमा प्रदेशसभा सदस्य मिलन खड्कालाई चयन गरेको छ । खड्का रुकुमपश्चिमबाट समानुपातिक निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।

कर्णाली प्रदेशमा नेपाली काँग्रेस र नेकपा एमालेले भने हालसम्म प्रमुख सचेतक र सचेतक चयन गरेका छैनन् । कर्णालीमा नेपालीका काँग्रेसका १४, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा एमालेका १० प्रदेशसभा सदस्य छन् । त्यस्तै, नेकपा (एकीकृत समाजवादी), राप्रपा र स्वतन्त्रबाट एक÷एक प्रदेशसभा सदस्य छन् ।

प्रतिकृया दिनुहोस्