OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी,फागुन ११, २०७९काठमाण्डौ
३७९ पटक

फागुन ११ गते । सांसद छिरिङ ल्यामु लामा तामाङले संसदमा राष्ट्रिय कृषि उत्पादन महाअभियानको बिषयमा ध्यानाकर्षण गराउनु भएको छ ।
जुम्लाका सांसद तामाङले संसदको शुन्य समयमा वोल्दै सरकारले बजेट ल्याउदा निति कार्यक्रममा आएको राष्ट्रिय कृषि उत्पादन महाअभियान अर्थमन्त्री बिष्णु पौडेलले एकल निर्णयले रोक्नु भएको भन्दै सूचारु गर्नुपर्ने बताउनु भएको छ ।

उहाँले शुन्य समयमा संसदमा भन्नुभयो, नेपाललाई हामी कृषि प्रधान देश भन्छौ । कृषिलाई तुलनात्मक लाभको क्षेत्र पनि भन्छौ । किनभने कृषि क्षेत्र र यसमा आधारित कृषि उद्योगका लागि प्रायः कच्चा पदार्थ नेपालमानै पाइन्छ ।

यसले बेरोजगारी समस्या न्यूनिकरणमा समेत सहयोग पुर्याएको छ । यो संवेदनशिल क्षेत्र हो । सरकारले बजेट मार्फत यो आ।व।लाई आत्मनिर्भरताको लागि कृषि उत्पादन राष्ट्रिय महाअभियान बर्ष घोषणा गरेको थियो । यसका लागि आत्मनिर्भर कृषि कार्यक्रम अन्तर्गत ८ अर्ब ४५ करोड विनियोजन गरिएको थियो । संसदीय प्रकृया मार्फत बजेट पास भयो, कार्यविधि बन्यो, बजेट स्थानिय पालिकामा पुग्यो ।

अहिले आएर अर्थमन्त्री ज्यूको माघ २५ को एकल निर्णयले बजेट रोक्का गरियो । कृषि प्रधान देशका किसानको आत्मवल घटेको छ । महाअभियान अलपत्र परेको छ । तुरून्त रोक्का गरिएको बजेट फुकुवा गरि किसानको आत्मवल बढाउदै, उत्पादनको महा अभियानमा सहयोग गर्न माननीय अर्थमन्त्री ज्यूको ध्यानाकर्षण सम्माननीय सभामुख ज्यू मार्फत गर्दछु ।

प्रतिकृया दिनुहोस्