OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १०, २०७९सुर्खेत
२३७ पटक

१० फागुन २०७९, बुधबार

कर्णालीमा पूर्व प्रदेशसभा सदस्य मञ्च कर्णाली प्रदेश, नेपाल गठन गरिएको छ । पूर्व प्रदेशसभा सदस्य तथा सामाजिक विकासमन्त्री दल रावलको अध्यक्षतामा ११ सदस्यीय मञ्च गठन भएको हो ।

मञ्चको उपाध्यक्षमा अमृता शाही, महासचिवमा कृष्णा शाह, सचिवमा पद्मा खड्का र कोषाध्यक्षमा मिनासिं रखाल चयन हुनुभएको छ । त्यस्तै, सदस्यमा करबीर शाही, राजु नेपाली, बद्मीक्वारी बोहोरा, रातो कामी, झोवा विक र नन्दसिंह बुढा चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष रावलले पत्रकार भेटघाटमार्फत जानकारी दिनुभयो ।

हामीले संस्था ऐन, २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय सुर्खेतमा दर्ता गरी वैधानिक ढंगबाट अगाडि बढेका छौं” उहाँले भन्नुभयो, “जसले प्रदेशसभाको परामर्श दातृ संस्थाको हैसियतले मूलतः प्रदेशसभा सदस्यलाई परामर्श दिने, सदस्यहरुलाई संगठित गरी राष्ट्रिय तथा प्रादेशिक हितका संरक्षण, प्रदेशको समृद्धि र विकासका निम्ति क्रियाशील बनाउने एवं उनीहरुको अनुभव तथा योग्यताबाट संघीय लोकतान्त्रिक व्यवस्थालाई मर्यादित, सुदृढ एवं व्यवस्थित गर्न योगदान पुर्याउने उद्देश्य राखेको छ ।”

उहाँका अनुसार पूर्वसभामुख÷उपसभामुखलाई संरक्षण तथा पूर्व एवं बहालवाला मुख्यमन्त्री, सभामुख÷उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेतालाई सल्लाहकार मञ्चको सल्लाहकार राखिएको छ । पूर्व प्रदेशसभा सदस्यहरुबाट मात्र साधारण, आजीवन र मानार्थ सदस्य दिइने अध्यक्ष रावलले बताउनुभयो ।

मञ्चमा आवद्ध हुने साधारण सदस्यका निम्ति रु.एक हजार तथा आजीवन सदस्यका लागि रु.१० हजार शुल्क लाग्नेछ । प्रदेशस्तरमा मुलुकमै कर्णालीमा पहिलो पटक पूर्व प्रदेशसभा सदस्यहरु मञ्च गठन गरिएको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्