OnlinePana

आज : २०८१ पौष २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ९, २०७९सुर्खेत
२१९ पटक

९ फागुन २०७९, मंगलबार

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले साँस्कृतिक पर्वले नेपालाई विश्व सामु चिनाउन सहयोग गरेको बताउनुभएको छ ।

शेर्पा समुदायको पर्व ग्याल्बो ल्होसारको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले देश विदेशमा रहेका सम्पूर्ण शेर्पा आमाबुबा, दाजुभाई तथा दिदीबहिनीरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । नौ थोक अन्नको खोले बनाएर एकले अर्कोलाई खुवाउने संस्कारको बेग्लै महत्व रहेको पर्वले विविधताभित्रको पृथकपनले हामी भित्रको मौलिकपन अभिवृद्धि गरेको उहाँले बताउनुभएको छ ।

मुलुकभित्र मनाइने यस्ता पर्व तथा संस्कृतिहरुको संरक्षण एवं संम्वद्र्धनबाट नेपालको पहिचान विश्वमाझ कार्य राख्न सक्ने जारी शुभकामना सन्देशमा उल्लेख गरिएको छ । नेपाली संस्कृति भित्रको एक महत्वपूर्ण पर्वका रुपमा रहेको ग्याल्बो ल्होसारले सबै नेपालीमा उत्साह एवं उमंग बढाउँदै एकता, सदभाव र मित्रता कायम राख्न प्रेरणा प्रदान गर्न सकोस् भन्दै प्रदेश प्रमुख परियारले शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्