OnlinePana

आज : २०८१ पौष २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,फागुन २, २०७९जुम्ला,
२५० पटक

फागुन २ गते । जिल्लाको पातारासी गाउँपालिकाले सवै नागरिकलाई स्वास्थ्य वीमाको पहुचमा ल्याउने भएको छ । गाउँपालिकाले आफ्नो निति तथा कार्यक्रममा वीमा गर्न छुटेका नागरिकहरुलाई स्वाथ्य वीमा गर्ने निति अनुसार काम शुरु गरिएको बताएको छ ।

गाउँपालिकाले सो कार्यक्रम पालिकाको सवैभन्दा लोकप्रिय कार्यक्रम भएको भन्दै यसलाई चाडो लागु गर्ने प्रयासमा काम भइरहेको पालिकाले जनाएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७९।८०को अर्थ बार्षिक समिक्षा तथा २०७८।०७९ को सार्वजनिक सुनुवाईमा छुटेका नागरिकको स्वास्थ्य वीमा सहित यो ५ बर्षमा दुई जना स्थानीयलाई निशुल्क एम विविएस अध्ययन गर्नका लागि आर्थिक सहयोग गर्ने निति अनुसार एक जनालाई पहिलो बर्ष रु ७ लाख रुपैया प्रदान गरिएको बताएको छ । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर बुढ्थापाका अनुसार पातारासी गाउयँपालिका ४ निवासी नविन रेउलेलाई एमविविएस अध्ययनका लागि सहयोग भएको छ । संयोजक बुढ्थापाका अनुसार रेउले रुपेन्देहीको देवदह मेडिकल कलेजमा अध्ययन गरिरहेका छन् ।

गाउँपालिकाले आफ्नो अर्ध बार्षिक समिक्षा तथा आर्थिक बर्ष २०७९।८०को सार्वजनिक सुनुवाई कार्यक्रममा विश्वको अग्लो धान फल्ने छुमचौरमा धान उत्पादन बढाउने संघीय सरकारको योजनालाई निरन्तरता दिन पहल भईरहेको जनाएको छ । गाउँपालिका अध्यक्ष पूर्णसिंह वोहरा, उपाध्यक्ष जनमाया रोकाया सहितको टिमले छुमचौर घेरवार योजनाको बजेट विनियोजन गर्न पहल गरिरहेको बताएको छ । यसैगरी पातारासीकै उच्च स्थान लोटचौरमा हाई अल्चिच्यूट खेलकुद तालिम केन्द्रका लागि रु ५० लाख गाउँपालिकाको पहलमा संघीय सरकारले विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिनुभयो । उहाँले विगत देखी शुरु भएको यो योजना विचैमा अलपत्र परेको थियो अव सुचारु हुने भएको छ । उहाँले गाउँपालिकाको उर्थुमा दुर्घटना बढेकाले अस्थायी ट्राफिक पोष्ट स्थापना भई काम शुरु भएको जानकारी दिनुभयो । यसै पातारासीमा नूनको डिपोका लागि पहल भईरहेको छ ।

गाउँपालिकाले नयाँ स्थानीय सरकार आईसकेपछिको भएका कामको समिक्षा गरेको हो । सार्वजनिक सुनुवाईमा पुजीगत हाल सम्मको खर्च विवरण समेत जानकारी गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत बिष्णु धितालले पालिकाको जम्मा बजेट रु ४९ करोड ५ लाख ४ सय ९३ रुपैयामा चालु तर्फ ः २७ करोड ८१ लख ७९ हजार ३ सय ३५ रहेको र पुजीगत तर्फबाट रुः २१ करोड २३ लाख २१ ह्जार १५७ रुपैया ७० पैसा रहेको जानकरी दिनुभयो । उहाँका अनुसार चालु खर्च रु १० करोड ७२ लाख १२ ५ सय १ रुपैया अर्थात ३८.५४ प्रतिशत र पुजीगत खर्च रु २ करोड १९ लाख ३ सय ३५ अर्थात १०.३१ रहेको छ ।

प्रमुख प्रशासकीय अधिकृत धितालका अनुसार पातारासी गाउँपालिकाले वडागत ७८ वटा योजना मध्य मध्य ४१ योजना सम्पन्न भएका छन् । यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रमका ७ वटा योजना ७ वटै योजना सम्झौता भएका छन् । मुख्यमन्त्री रोजगार ६७ वटा योजना मध्य किनाराखोला तटवन्धन सम्झौता भई अघि बढेको छ । गाउँपालिकाले अघिल्लो आर्थिक बर्षमा रु २०६ वटा योजना सम्पन्न गरेको जानकारी गरेको छ । यसैगरी गाउँपालिकाले यस क्षेत्रको मुख्य सड्क उर्थु–पेरे सड्कको स्तरबृद्धिमा जोड दिईएको छ । यसैगरी भेडावाख्राको उपचार सँगै पाटन क्षेत्रमा अर्थिङ सेन्टर स्थापना गरिने भएको छ । यसैगरी एक करोड ९० लाख जलवायू अनुकुलन बजेट रहेको छ ।

गाउँपालिकाले सार्वजनिक सुनुवाई गरेपछि स्थानीयले जिज्ञासा राखेका छन् । स्थानीय भक्तबहादुर बुढाले विश्वकै अग्लो स्थानमा धान फल्ने छुम ज्यूलोको योजना यथासिघ्र सफल पार्नुपर्ने, वडा नम्बर २ को टेलिफोन टावरमा जोड दिनुपर्ने बताउनुभयो । वडा नम्बर ८ का स्थानीय पूर्णबहादुर बुढाले चुकेनी जलविधुत आयोजना चाडै निर्माण गरिनुपर्ने सुझाव दिनुभयो । स्थानीय बुद्धिराम बुढाले पातारासी बजारको मुल सड्कमा सोलारबत्तिमा जोड दिनुपर्ने बताउनुभयो ।

 

 

 

प्रतिकृया दिनुहोस्