OnlinePana

आज : २०८३ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन १, २०७९
३६९ पटक

२९ माघ २०७९, सोमबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बसपार्कमा भएको झडपको क्रममा लाइका खबर अनलाईनमा कार्यरत पत्रकार बलबहादुर थापामाथिको आक्रमण निन्दनीय भएको बताइएको छ ।

जाजरकोट छेडाघाट नगरपालिका ६ घर भई वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेत बामेखोलमा बस्दै आएकी ६६ वर्षीय नदी रावतको आइतबार कर्णाली प्रदेश पंचकोशी प्रा।लि।को बा।४ ख। ८०६१ नं। को बसले ठक्कर दिँदा मृत्यु भएको थियो । सोही घटनालाई लिएर आज मृतकका आफन्तले गरेको बन्दका क्रममा पीडित पक्ष र यातायात व्यवसायीहरुको झडपका क्रममा थापामाथि यातायात व्यवसायीहरुले बियरकाे बोतल र बेल्चाले प्रहार गरेका थिए ।

उहाँको टाउको चाटे लागेको र घाईते थापाको माया नर्सिङमा उपचार गरिएको छ । थापामाथि भएको आक्रमणको विषयलाई लिएर प्रेस चौतारी सुर्खेत एक प्रेस विज्ञप्ति जारी गर्दै घोर भर्त्सना गरेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उलङ्घन हुनेगरी गरिएको उक्त घटनामा संलग्न दोषीलाई कानूनी दायरामा लिएर आवश्यक कारवाही अगाडि बढाउन समेत प्रेस चौतारी सुर्खेतले माग गरेको छ ।

प्रतिकृया दिनुहोस्