OnlinePana

आज : २०८१ माघ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १, २०७९सुर्खेत
३४४ पटक

२९ माघ २०७९, सोमबार

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले दशजना द्वन्द्व पीडितहरुको स्वास्थ्य बीमा गर्ने घोषणा गर्नुभएको छ ।

नेकपा माओवादी केन्द्र भेरीगंगा नगरपालिका ६ सुर्खेतले २८औं जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफ्नो सेवा सुविधावापत पाउने वेतनबाट कर्णाली प्रदेशका दशजना द्वन्द्वपीडितको स्वास्थ्य बीमाका गर्ने घोषणा गर्नुभएको हो । नेपालको संविधान, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी शासन व्यवस्था आउनुमा जनयुद्ध नै मुख्य जग भएको बताउँदै उहाँले यही व्यवस्थाका खाँतिर घाइते, अपाङ्गता भएका मध्ये दश द्वन्द्वपीडितलाई बीमा गर्ने उहाँको भनाई थियो ।

“जनयुद्धको आधारमा नेपालमा निरंकुशता हटेको हो,” मन्त्री जिसीले भन्नुभयो, “तर सत्तारुढ दलकै केही जिम्मेवार नेताहरुले नै जनयुद्धप्रति गरेको टिप्पणी नकरात्मक छ ।” जनयुद्ध नेकपा माओवादी एक्लैले मात्रै गरेको नभई लाखौं नेपाली जनताको सहभागितामा भएकोले यसमा सबैको हिस्सा बराबरी रहेको भन्दै उहाँले यो दिन कसैलाई नभुल्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “चुनावको समयमा गठबन्धनलाई भड्काउने केही वामपन्थी दलहरु जनयुद्ध दिवसलाई नकारात्मक टिप्पणी गरेर मेलमिलाप भन्दा अशान्त वातावरण तयार गर्न उद्दत देखिनु रतिपनि राम्रो होइन् । यस्ता गलत सोचबाट माथि उठेर सबै नागरिक अघि बढ्नुको विकल्प छैन । बिगत होइन, वर्तमानमा देशलाई कसरी निर्माण गर्ने भन्नेतर्फ गम्भीर भएर लागौं ।”

प्रतिकृया दिनुहोस्