OnlinePana

आज : २०८३ बैशाख २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ २९, २०७९
४१४ पटक

२९ माघ २०७९, आइतबार

वीरेन्द्रनगर नगरपालिका १० सुर्खेत बसपार्कस्थित बसको ठक्कबाट एक महिलाको मृत्यु भएको छ ।

बसपार्कको दक्षिण गेटबाट भित्र प्रवेश गर्दै गरेको कर्णाली प्रदेश पंचकोशी प्रा.लि.को बा.४ ख. ८०६१ नं. को बसले करिब ६० वर्षीय महिलालाई आज दिउसो २ः३०० बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त ठक्करबाट सख्त घाइते भएकी महिलालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको थियो ।

उपचारका क्रममा घाइते महिलाको मृत्यु भएको र अहिलेसम्म पहिचान नभएको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । मृतकको पहिचान गर्ने काम भइरहेको बताउँदै उहाँले बस चालक दैलेख निवासी ३३ वर्षीय खगेन्द्र रिजाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्