OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ २५, २०७९
२८५ पटक

माघ २५ गते । जुम्लाको चन्दननाथ नगरपालिकाले आगलागी पीडितलाई राहत वितरण गरेको छ ।
चन्दननाथ नगरपालिका बिपत शाखा प्रमुख लक्ष्मी चन्द्र न्यौपानेका अनुसार चन्दननाथ–१ ठिन्केका आगलागी पीडित लोगबहादुर भण्डारीलाई रु एक लाख पचाँस हजार राहत वितरण गरिएको छ ।

सोमबार राति आगलागीबाट उनकी १६ वर्षकी छोरी वन्दना भण्डारीको मृत्यु हुनुका साथै ३ तले घर समेत जलेर नष्ट भएको थियो ।
भण्डारीको घरमा अन्नपात, लत्ताकपडा, भाँडाकुँडा र धनमाल नष्ट भएर बेसहारा बनेका ५ जना घरपरिवारलाई कार्यवाहक नगर प्रमुख नवराज देवकोटाले राहात प्रदान गर्नुभएको उहाँले जानकारी गर्नुभयो ।

नगरपालिकाले पीडित लोगबहादुर भण्डारीलाई रु १ लाख ५० हजार रुपैयाँको चेक उपलब्ध गराएको हो ।, नगरपालिकाको निति अनुसार बिपतमा ज्यान गुमाएका व्यक्तिलाई रु एक लाखर घर जलेर नष्ट भएकालाई रु पचाँस हजार उपलब्ध गराउने निति अनुसार उपलब्ध गराईएको विपत शाखा प्रमुख लक्ष्मी चन्द्र न्यौपानेले जानकारी दिनुभयो । यसैगरी जिल्ला प्रशासन कार्यालयमा वसेको वैठकले पिडित परिवारलाई आवश्यक राहात उपलब्ध गराउन पहल गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार जिल्ला विपत व्यवस्थापन समितिले स्थानीय तह, गैरसरकारी संस्था र सरोकारवाला निकाय सँगको छलफल भएको जानकारी दिनुभयो । उहाँले बिपतमा ज्यान गुमाएको परिवारलाई कागजात मिलेमा नेपाल सरकारले रु ४ लाख र कर्णाली प्रदेशले वीमा मार्फत रु २ लाख दिने जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्