OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २४, २०७९जुम्ला,
३२९ पटक

माघ २४ गते । जुम्लामा घर आगालागीबाट जलेर एक वालिकाको मृत्यू भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार चन्दननाथ नगरपालिका वडा नम्बर १ ठिन्के निवासी लोकबहादुर भण्डारीको घर आगालागी हुदा १४ बर्षिय छोरी वन्दना भण्डारीको जलेर मृत्यू भएको हो ।

गएराति राति करिव साढे १० बजेतिर भएको आगलागीबाट ३ कोठे घर पुर्ण क्षेति हुनुका साथै १४ बर्षिय भण्डारीकी छोरीको जलेर मृत्यू भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ३ तले उक्त घरमा सासु, श्रीमति सहित ७ जना सुतेका थिए । आगलागी भएपछि अरु घर वाहिर निस्कन सफल भएका तर ति वालिका तेस्रो तलमा भएका कारण निस्कन नपाई जलेकी थिईन् । घरको दोस्रो तलावाट आगलागी भएको प्रहरी जनाएको छ । ढुंगा र काठले वनेको उक्त घर टिन छाएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा लोकबहादुर भण्डारीको खुट्टामा केही जलेको र जलेर मृत्यू भएकी वालिकाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पोष्ट मार्टमका लागि लिईएको प्रहरीले जनाएको छ । स्थानीय देवेन्द्र आचार्यका अनुसार सुत्ने समयमा भएकाले अरु मानिसहरुलाई जानकारी ढिला भयो । पछि त्यहाँ पुग्दा करिब घर धेरै जलिसकेको अवस्था थियो ।

 

प्रतिकृया दिनुहोस्