OnlinePana

आज : २०८१ पौष २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,माघ २३, २०७९जुम्ला,
४६५ पटक

माघ २३ गते । ३ बर्षदेखी टहरामा वास वसेकी बिजमाया जैसीको आवास अभियानका लागि गुठिचौर गाउँपालिकाले रु एक लाख रकम विनियोजन गरेको छ ।

गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले कार्यपालिकाको वैठकले रु तत्काल एक लाख रुपैया सहयोग गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले अहिले तत्कालका लागि रु एक लाख सहयोग गर्ने गाउँ कार्यपालिकाको कार्यालयले निर्णय गरेको जानकारी दिनुभयो । गाउँपालिकाले आवासका लागि सो रकम विनियोजन गर्ने निर्णय गरेपछि आवास वन्ने केही आशा शुरुवात भएको छ ।

गुठिचौर ५ निवासी ४० बर्षिय बिजमाया जैसीको ३ बर्ष देखी हिउँले घर भत्किदा परिवार टहरामा थियो । सो बिषय संचार माध्यामले वाहिर ल्याएपछि बिजमायाको आवास वनाउने अभियान शुरु भएको छ ।

गाउँपालिकामा विजमायाले दिएको निवेदन अनुसार गाउँपालिकाले शुरुवात गरेपछि अव केही आशा जागेको र गाउँपालिकालाई सहयोगका लागि उहाँले धन्यवाद दिनुभयो । उहाँले यतिले आवास बनाउन नसकिने तर गाउँपालिकाले सहयोग गरेकोमा धन्यवाद दिनुभएको छ ।

बिजमाया जैसीको परिवार ३ बर्ष देखी टहरामा हुनुहुन्छ, उहाँ सँगै १५ बर्षिय छोरा र ११ बर्षिय छोरी समेत त्यही टहरामा बस्न वाध्य छन् । १२ बर्ष अघि घर छोडेर गएका श्रीमान् घर फर्केका तर ज्यान मात्रै लिएर आएका बिजमाया बताउनु हुन्छ । गुठिचौर गाउँपालिका उपाध्यक्ष शान्ति मल्ल भण्डारीले घरवास विहिन विजमायाको घरका लागि कार्यपालिकाले शुरुवात गरेको तर थप प्रयासमा आफु भएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत देवकी रावतका अनुसार उहाँलाई तत्काल सञ्चार माध्याममा आवास नभएको आएपछि शुरुवात गरिएको हो । उहाँको सहयोगका लागि अन्य कानून अनुसार मिल्ने केही बजेट शिर्षक भएमा पनि गाउँपालिकाले प्रथामिकता दिने बताउनुभयो । उहाँले बिजयमायाको आवासका लागि अन्य गैरसकारी संस्था तथा निकायहरुले पनि थोरै थोरै सहयोग गर्न अनुरोध गर्नुभयो ।

बिजमाया आवासका लागि सरोकारवाला निकाय धाउदै पत्रकार महासंघमा पनि पटक पटक पुग्नु भएको थियो । यस पछि बिजयमायाको अवस्था बुझ्न महासंघका उपाध्यक्ष दिलमाया शाही नेतृत्वको टोली फाईगाउँमा पुग्नुका साथै महासंघले आवास निर्माणका लागि आभास अभियान शुरु गरेको छ ।

बिजमायाको पुरानो घर ठिकै थियो । त्यसैमा जेनतेन बालबच्चासँग जीवन निर्वाह गरिरहनु भएको थियो । त्यही घर पनि २०७७ सालको पुस महिनाको हिमपातले भत्कियो । घर बनाएको जग्गा माइतीले दिएका हुन् । घर बनाउने पैसा थिएन । त्यही भत्केको घर नजिक काठको टहरा बनाएको हुँ, उहाँ भन्नुहुन्छ, अरू दुःखमा परे माइत जान्छन् । आफ्नासँग सुखदुःख साट्छन् । मेरो त्यो बाटो पनि छैन । आफ्नो मात्रै मेहनेतले साँझ बिहानको छाकको जोहो गर्नै गाह्रो भएको छ ।

बिजमायाले घर वनाईदिन सहयोगका लागि वडा कार्यालय, गाउँपालिकामा पनि गुहार गरिरहनु भएको थियो । अहिले सम्म मेरो बिषय सुनुवाई भएको छैन् । बिजमायाको माइतमा बुढा भइसकेका वुवा छन् । दुई भाइहरू छन् । दिदी हुनुहुन्छ । माइतमा पनि आर्थिक अवस्था कमजोर नै छ । “घर बनाइदेऊ पनि भन्न सकिँदैन । यस्तै छ,” उहाँ भन्नुभयो ।

बिजमायाका छोराछोरी त्रिभुवन माध्यमिक विद्यालय झारजुवालामा पढ्दैछन् । छोरा १० र छोरी ६ कक्षामा पढिरहेका छन् । दुबैले पढने सरकारी विद्यालय हो । आफूले स्कुलको पोसाकसमेत किनिदिन नसकेका कारण उनीहरू विद्यालय जान खासै मान्दैनन् भन्ने बिजमायाको बुझाई छ । छोराको हात सुनिएर विरामी समेत भएकाले डर लागि रहेको बताउनु हुन्छ ।

बिजयमायाले गाउँपालिकाले रु एकलाख सहयोग गर्ने भनेपछि खुशी हुदै भनिन, अव थोरै थोरै अरु कसै निकाय तथा व्यक्तिले सहयोग गर्छन कि यदि कसैले उनको आवासका लागि सहयोग गर्न चाहेमा बिजमायाको फोन ९८४९९१९४२५ मा सहयोग गर्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस्