OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २१, २०७९सुर्खेत
२०० पटक

२१ माघ २०७९, शनिबार

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले संविधानको रक्षा, प्रयोग र विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।

कर्णाली प्रदेशसभाको पाँचौं स्थापना दिवसको अवसरमा शुभकामना मन्तव्य राख्दै उहाँले संविधानको रक्षा र त्यसको सफल प्रयोगबाट मात्र संघीयताको प्रभावकारी कार्यान्वयन हुने बताउनुभयो । सोही क्रममा प्रदेश प्रमुख परियारले निवर्तमान सरकारका अधुरा योजना पुरा गर्न, नीति, योजना र कार्यक्रमहरु वैज्ञानिक ढंगले सञ्चालन गरी कर्णालीवासीको आवश्यकता सम्बोधन गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “कर्णाली र भेरी करिडोरको निर्माण कार्य सम्पन्न हुनुपर्छ । सबै पालिकाकालाई राष्ट्रिय सडक सञ्जालमा जोडेर विद्युतीकरण, सिंचाई नहर र कुलोको काम सम्पन्न गर्नसमेत तीनै तहका सरकारले प्राथमिकतामा राखिनुपर्दछ । सामाजिक, साँस्कृतिक रुपान्तरणका लागि विशेष कार्यक्रम तर्जुमा गरी लोपोन्मुख राउटे र वादी समुदायको समस्या समाधान गर्न उहाँले प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

परम्पराको पुच्छर नसमाती आजको माग अनुसार काम गर्छौं

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले परम्परागत पुच्छर नसमाती आजको आवश्यकता अनुसार काम गर्ने बताउनुभएको छ ।

कर्णाली प्रदेशसभाको पाँचौं स्थापना दिवसको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री शर्माले तर्क हजार गरेपनि सत्य तथ्य एउटै हुने भन्दै आवश्यकता बोध गरी आईपने समस्यामा एकीकृत भएर जानुपर्नेमा जोड दिनुभयो । “हामी विगत्को गलत संस्कृति त्यागेर अगाडि बढ्छौं । यसमा सहयोग चाहिएको छ” उहाँले भन्नुभयो, “यद्यपि निवर्तमान सरकारले कोरेको सही गोरेटोमा रहेर काम गर्दछौं ।”

कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले प्रदेशसभाको जग बसालेर ऐतिहासिक संरचना स्थापित गर्ने प्रथम कार्यकालका सभामुख तथा प्रदेशसभा सदस्यप्रति कृतज्ञता प्रकट गर्नुभयो । आफुलाई इतिहासमै पहिलो महिला सभामुख बनाएकोप्रति खुशी व्यक्त गर्दै उहाँले अब प्रदेशसभाको भावी उन्नति र प्रगतिको बाटोमा निरन्तर लाग्ने कुरामा विश्वस्त रहेको बताउनुभयो ।

नेपाली काँग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले संघबाट कर्मचारी नपठाउँदा कर्णालीको विकासमा समस्या भएको बताउनुभयो । नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले बन्ने भन्दा पनि बनाउने कुरामा ध्यान दिएर कर्णालीको विकास र समृद्धिको अभियान लाग्नुपर्नेमा जोड दिनुभयो ।

पूर्व सभामुख राजबहादुर शाहीले बसालिएको जगमाथि टेकेर प्रदेशसभा सदस्य र कर्णाली सरकारले यहाँको नागरिकहरुको जीवन रुपान्तरणमा लाग्न अनुरोध गर्नुभयो । कार्यक्रममा कर्णाली प्रदेशसका उपसभामुख यशोदा न्यौपानेले कर्णालीमा सभामुख र उपसभामुख दुवै महिला हुनु लामो संघर्ष र मुक्ति आन्दोलनको उपलब्धि भएको बताउनुभयो ।

स्थापनाको अवसरमा प्रदेश प्रमुख परियारले प्रदेशसभा सचिवालयद्वारा प्रकाशित स्मारिका विमोचन गर्नुभयो । कार्यक्रममा सचिवालयका कार्यरत उत्कृष्ट कर्मचारीहरु र पूर्व प्रदेशसभा सदस्यहरुलाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्