OnlinePana

आज : २०८३ जेठ १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २०, २०७९जुम्ला
३७३ पटक

२० माघ २०७९, शुक्रबार

कालिकोटमा अटो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । कालीकाेट जिल्लाको तिलागुफा नगरपालिकामा मेला हेर्न जाने क्रममा शुक्रबार अटो दुर्घटना हुँदा जुम्ला हिमा गाउँपालिका–४ का बिर्खबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको हो।

उहाँ नेपाल पत्रकार महासंघ जुम्लाकाे साधारण सदस्य पनि हुनुहुन्थ्याे । दुर्घटनामा दुईजना घाइते भएका छन्।

घाइते हुनेमा शाहीकी पत्नी र छोरी रहेका छन् । खाडाचक्र नगरपालिका मान्म बजारदेखि तिलागुफा नगरपालिका गाल्जेमा सत्यदेवीको मेला हेर्न जाँदा खल्लागाड नजिकै भे १ ह ५९२२ नम्बरको अटो दुर्घटना भएको थियो । अटोमा चालकसहित ४ जना सवार थिए ।

 

प्रतिकृया दिनुहोस्