OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २०, २०७९सुर्खेत
१४० पटक

२० माघ २०७९, शुक्रबार

कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा महावु गाउँपालिका ३ दैलेख बाँसी गाउँ निवासी नरबहादुर खड्का नियुक्त हुनुभएको छ ।

मुख्यमन्त्री राजकुमार शर्माले नेपालको संविधानको धारा १६० बमोजिम माघ १९ गते मुख्य न्यायधिवक्ताको नियुक्तिका लागि खड्कालाई कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष सिफारिस गर्नुभएको थियो । खड्कालाई आज प्रदेश प्रमुख परियारले नियुक्त गर्नुभएको थियो ।

प्रदेश सरकारका कानूनी सल्लाहकारका रुपमा नियुक्त खड्कालाई उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश माधवप्रसाद पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । सर्वोच्च अदालत बार एशोसियसनको सदस्यरुपमा काम गर्दै आउनुभएका नवनियुक्त मुख्य न्यायधिवक्ता खड्का व्यवस्थापन र कानूनमा स्नातकोत्तर गर्नुभएको छ ।

 

प्रतिकृया दिनुहोस्