OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ १६, २०७९
३१२ पटक

१५ माघ २०७९, सोमबार

कर्णाली प्रदेश सरकारले लुम्बिनी प्रदेशबाट सञ्चालन हुँदै आएका कर्णाली प्रदेशका प्रहरी संरचना कर्णालीमा सार्न पहल गर्ने भएको छ ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले लुम्बिनी प्रदेशको नेपालगञ्जबाट सञ्चालित प्रहरी कार्यालय कर्णालीमा ल्याउन पहल गरिने बताउनुभयो । नेपालगञ्जमा रहेका ती निकायको अनुगमन तथा निरीक्षणको क्रममा आज मन्त्री जिसीले कर्णालीका नागरिकहरुलाई शान्ति तथा सुरक्षा दिन पहलकदमी थाल्ने जनाउनुभयो ।

उहाँले आज लुम्बिनी प्रदेशको नेपालगञ्जबाट सञ्चालित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र तथा कुकुर शाखा, संघीय प्रहरी इकाई, ड्रग शाखा, दंगा नियन्त्रण कार्यालय र विशेष सुरक्षा गणको अनुगमन गर्नुभएको थियो । सुरक्षा अधिकारीहरुको अनुसार कुकुर शाखा नेपालगञ्जमा हुँदा कर्णालीमा हुने अपराधको अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुर कोहलपुरबाट ल्याउनुपर्ने बाध्यता रहेको छ ।

अनुगमनका क्रममा मन्त्री जिसीले प्रहरी अधिकारीहरुलाई संविधानको दायरामा रहेर कर्णालीको नागरिकहरुले महसुस गर्ने गरी शान्ति सुरक्षा कायम गर्न निर्देशन दिनुभयो । सरकारले जनताको सुरक्षाार्थ कर्णाली प्रदेशभरि विशेष सुरक्षा योजना बनाउन थालेको उहाँको भनाई थियो ।

मन्त्री जिसीका अनुसार नेपालगन्जमा रहेका प्रहरी कार्यालयहरुलाई सकेसम्म यही आर्थिक वर्षमा त्यहाँस्थित सबै प्रहरी संरचना कर्णालीमा सार्न लक्ष्य राखिएको छ । उहाँसगै अनुगमनमा रहेका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले सुरक्षित प्रदेश विशेष सुरक्षा योजना बनाउने र त्यही योजनामा रहेर प्रदेश बाहिर रहेका प्रहरीका निकाय कर्णालीमा ल्याइने जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्