OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
अमृत बुढाथोकी मगर,माघ १५, २०७९जुम्ला ,
२९७ पटक

माघ १५ गते । प्रेस सेन्टर नेपालको १९ औ स्थापना दिवश जुम्लामा पनि मनाईएको छ ।
प्रेस सेन्टर जुम्लाको आयोजनामा मनाईएको दिवशमा पत्रकार, जनप्रतिनिधि र नेकपा माओवादी केन्द्रका यूवा नेता विच अन्तरक्रिया गरिएको छ ।

स्थापन दिवशको अवसरमा प्रेस सेन्टरको स्थापना, औचित्य, उद्दे्रश्य विगत र वर्तमानका बिषयमा जानकारी गराईएको छ । नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष तथा प्रेस सेन्टरका केन्द्रीय सदस्य नेत्रबहादुर शाहीले प्रेस सेन्टरको स्थापना, हालको संचालनको बिषय र सहिद पत्रकार स्वगिय कृष्णसेन ईच्छुक, जुम्लाका पत्रकार सहिद स्वर्गिय पदमराज देवकोटा सहित २७ जना पत्रकारहरुले यूद्धका समयमा ज्यान गुमाउनुका साथै प्रेस सेन्टरको स्थापनाको ईतिहासका बिषयमा जानकारी गर्नु भएको थियो । उहाँले जिल्लाको पत्रकारिता क्षेत्रको स्थिति, सम्भावना र चुनौतिका बिषयमा जानकारी दिनुभयो । उहाँले अव प्रेस सेन्टरलाई बलियो बनाएर क्रियाशिल र योगदान पुरयाउने पत्रकारलाई सम्मान गर्ने क्षमता राख्न शुभकामना दिनुभयो ।

स्थापना दिवशमा तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले शुभकामना दिदै पत्रकार जगत विकास, समृद्धि र चेतनाको प्रमुख सम्वाहक भएकाले स्थानीय सरकार समन्वय सहकार्य गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्र जुम्लाका प्रदेश कमिटी सदस्य साहसी राजकुमार शाहीले जुम्लामा प्रेस सेन्टरले आफनो पत्रकारिता क्षेत्रमा अब्बलता देखाउदै आएकोमा शुभकामना दिदै पार्टी भित्रका कमीकमजोरी र आन्तरिक लोकतन्त्रको बिषयमा जोड दिन अनुरोध गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य मनोज बुढाथोकीले माक्र्सवाद सवै प्रकारको श्रमजिवी पौरखी मानिसको विचार भएकाले पत्रकारले यस विचारलाई फैलाउन आवश्यक रहेको बताउनुभयो । उहाँले माओवादीले माक्र्सवाद विचार पछिल्लो यूवा पुस्तालाई सचेत गराउनुपर्ने भन्दै समाज परिवर्तन, मानिसलाई चेतना दिलाउने सवैभन्दा शक्तिशाली क्षेत्र पत्रकारिता भएकाले प्रेस सेन्टरने नेपालमा अगुवाई गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आज मार्क जुकरवर्गरले सामाजिक सञ्जाल मार्फत उद्यमशिलता गरि प्रविधिमा विश्व हातमा लिएको बिषय होस वा महाविर पुनको आविश्कार केन्द्र सवै माक्र्सवादको विचार केन्द्रीत भएकोमा जोड दिनुभयो ।

प्रेस सेन्टर जुम्लाका उपाध्यक्ष अनिता वुढाको अध्यक्षतामा संचालित कार्यक्रममा तातोपानी गाउँपालिका उपाध्यक्ष रेवति रावल, पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकाया, तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढा, चन्दननाथ नगरपालिका वडानम्बर ५ का अध्यक्ष विर्खसिंह खत्री, ९ का वडाध्यक्ष भिमबहादुर रावत, तिला गाउँपालिका माओवादी केन्द्रका अध्यक्ष विरबहादुर बुढा, पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष दिलमाया शाही, सचिव मानदत्त रावलले शुभकामना दिनुभएको थियो ।

स्थापना दिवशमा प्रेस सेन्टरका संस्थापक मध्यका एक कृष्णसेन ईच्छुक, नेपाल पत्रकार महासंघ शाखा जुम्लाका संस्थापक सहसचिव पदमप्रसाद देवकोटा सहित सहिद पत्रकारहरु र भखैरै पोखरामा यति एयरको दुर्घटनामा निधन भएका पत्रकार त्रिभुवन पौडेल र अनिल शाहीको सम्झनामा मौनधारण सहित सम्झना गरिएको थियो । कार्यक्रम संचालन प्रेस सेन्टर जुम्लाका सचिव गोल्डेन बुढाले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्