OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १३, २०७९सुर्खेत
४१३ पटक

१३ माघ २०७९, शुक्रबार

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले ‘सुरक्षित कर्णाली प्रदेश विशेष अभियान’ सञ्चालन गरिने बताउनुभएको छ ।

सुर्खेतस्थित पत्रकार सञ्चारकर्मीहरुसँग आज वीरेन्द्रनगरमा गरिएको भेटघाट कार्यक्रममा बोल्दै प्रहरी नायब महानिरीक्षक ढकालले अभियानमार्फत प्रतिफल प्राप्त हुने गरी काम गर्ने जनाउनुभयो । उहाँले भन्नुभयो, “यो अभियानभित्र प्रहरीको प्रभावकारी सेवा, नागरिकलाई अनुभूति दिलाउने गरी दिईने सुरक्षा, प्रविधिको प्रयोग, लागुऔषध न्यूनीकरण, सामाजिक सञ्जालको प्रयोगको निगरानी र सचेतनामूलकलगायतका गतिविधिहरु पर्छन् ।”

प्रहरी नायब महानिरीक्षक ढकालले कर्णालीमा देखिएको सबैभन्दा ठूलो समस्या लागु औषध नियन्त्रण तथा न्यूनीकरणमा विशेष जोड दिने र त्यसको लागि लागु औषध उत्पादन हुने मूल थलोमै हान्ने बताउनुभयो । त्यसपछि त्यसको कारोवार तथा ओसारपसार र प्रयोग गर्नेहरुलाई कानूनी दायरामा ल्याउने उहाँको भनाई थियो ।

कर्णाली प्रदेशको शान्ति र सुरक्षाका लागि यहाँ नागरिकहरुसँग सहकार्य गरेर जाने बताउँदै उहाँले सुरक्षित प्रदेश निर्माणमा प्रेस जगत, नागरिक समाज, अधिकारवादीलगायत सबै सरोकारवालाहरुको गहन भूमिका रहेको जनाउनुभयो । उहाँका अनुसार गृहको निर्देशन बमोजिम नागरिकहरुको सेवामा सहजीकरण गरिनेछ ।

त्यस्तै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति अध्यक्ष देवीराम देवकाेटाले कर्णाली भयावह रुपमा फैलिएकाे लागु  औषधकाे समस्यालाई न्यूनीकरण गर्न र कर्णालीमा शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासनकाे महत्वपूर्ण भूमिका रहेकाे बताउनुभयाे । उहाँले प्रहरी नायम महानिरीक्षक ढकाललाई फर्किदा परिणाम देखाउन अनुराेध गर्नुभयाे ।

नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले पत्रकारहरुका लागि सूचना सहजरुपमा प्राप्त हुने गरी काम गर्न प्रहरीलाई सुझाउनुभयाे ।

प्रतिकृया दिनुहोस्