OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही, माघ १२, २०७९जुम्ला ।
३४४ पटक

माघ १२ गते, जुम्लामा हिमपातले हवाईसेवा वन्द छ । मंगलवारदेखी आएको लगातारको हिम पातले धावन मार्गमा हिउँ जमेपछि जहाँज बस्न सकिरहेका छैनन् । आज विहानै देखी हिउँ रोकिएको छ ।

नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजिव श्रेष्ठका अनुसार मंगलवार र वुधवार निरन्तर हिउँ जमेकाले हवाई सेवा ठप्प भएको हो । उहाँका अनुसार आज भने मौसम राम्रो भएपनि धावन मार्गमा हिउँ जमेकाले जहाँज अवतरण हुन सकिरहेको छैन् ।
आज मौसम राम्रो भएकाले नेपालगंज देखी जहाज आउन तयारी अवस्थामा छन् तर धाममार्ग खुलाईर्दै गरिएको नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाले जानकारी दिनुभयो ।

धावन मार्गमा हिउँ जमेपछि विहानै देखी नेपालीसेना, शशस्त्र प्रहरी, नेपाल प्रहरीले धावनमार्गमा हिउँ फाल्ने काम शुरु गरेको छ । नेपाली सेना २४ नम्बर बाहीनीका वाहिनीपति सोवेन्द्रसिंह महत, नन्दावक्स गणका गणपति रविन थापा विहार्नै देखी जुम्ला विमानस्थलको धावनमार्ग खुलाउन खटिएका छन् । अहिले धावन मार्गमा प्रमुख जिल्ला अधिकारी मुकेश कुमारी केसरी पनि पुग्नु भएको छ ।

तिन दिन देखी हिउँपरेर नेपालगंजमा जुम्ला आउने यात्रुहरु अलपत्र अवस्थामा छन् । काठमाण्डौ देखी जुम्ला आउन लागेका यात्रु नेपाल पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले नेपालगंज विमानस्थलमा तिन दिन देखी जुम्लाको टिकट भएपनि हिउँपरेर आउन नसकिएको बताउनुभयो । दिलमाया शाही सँगै करिब ४ वटा जहाँजका यात्रुहरु अहिले नेपालगंजमा जुम्ला आउन कुरिरहेका छन् । यसका साथै कर्णाली राजमार्गको राचुलीमा पहिरो गई गाडि भासिना राजमार्ग बन्द भएपछि जहाँजबाट आउने जाने यात्रु बढेका छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार आज ४ वटा उडान हुने तयारीछ तर धावन मार्ग खुलाउदै छौ । नेपाली सेनाका अनुसार अहिले १२ बजे सम्म धावन मार्ग खुलाउने प्रयास गरिएको छ । गणपति थापाका अनुसार हिउँ कम भएपनि जमेर कठिन भएकाले जहाँज चिप्लने डरले विहान ७ बजेबाट खुलाउन शुरु गरिएको छ ।

प्रतिकृया दिनुहोस्