OnlinePana

आज : २०८२ जेठ २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ ११, २०७९
२८३ पटक

११ माघ २०७९, बुधबार

कर्णाली प्रदेश सरकारका नवनियुक्त राज्यमन्त्री उर्मिला विकले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत राज्यमन्त्रीका रुपमा नियुक्त हुनुभएका राज्यमन्त्री विकले आज मुख्यमन्त्री राजकुमार शर्मासमक्ष पद तथा गोपनीयताका शपथ ग्रहण गर्नुभएको हो । उहाँले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री समक्ष शपथ ग्रहण गर्नुभएको हो ।

सात सदस्यीय मन्त्रिपरिषद्मा सबै पुरुष मन्त्री बनेर संवैधानिक व्यवस्था बमोजिम नभएपछि कर्णाली सरकारले समवेशी मन्त्रिपरिषद् बनाउन उहाँलाई राज्यमन्त्री बनाएको हो । राज्यमन्त्री विक डोल्पा नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुनुभएको थियो । शुरबहादुर सिंह

 

प्रतिकृया दिनुहोस्