OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ११, २०७९सुर्खेत
२४१ पटक

११ माघ २०७९, बुधबार

कर्णाली प्रदेश सरकारलाई पूर्णता दिँदै मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।

मुख्यमन्त्री शर्माले आज थप चार मन्त्री नियुक्त गरी मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो । उहाँले पुस २८ गते विना विभागीमन्त्रीका रुपमा सत्तारुढ दल नेपका (माओवादी केन्द्र)बाट मंगलबहादुर शाही र नेकपा एमालेबाट विनोदकुमार शाहलाई नियुक्त गरी तीन सदस्य मन्त्रिपरिषद् गठन गर्नुभएको थियो ।

सोही गठित मन्त्रिपरिषद्लाई नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा ९ बमोजिम हेरफेर गरी आज सत्ता साझेदार दल माओवादीबाट भीमप्रकाश शर्मा, कृष्णबहादुर जिसी र एमालेबाट टेकराज पछाई, जीतबहादुर मल्ललाई उहाँले मन्त्रीमा नियुक्ति गर्नुका साथै कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हुन प्रदेश प्रमुख तिलक परियारसमक्ष सिफारिस गर्नुभयो ।

उक्त सिफारिस पश्चात् नवनियुक्त मन्त्रीहरुलाई कर्णाली प्रदेश प्रमुख तिलक परियारले आज साँझ ६ः३० बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । उहाँले नेपालको संविधानको धारा १७२ बमोजिम शपथ ग्रहण गराउनुभएको हो । नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेलगत्तै सबै मन्त्रीहरुले आजै पदभार ग्रहण गर्नुभएको छ ।

विनाविभागीय तथा आज नियुक्त भएका मन्त्रीहरुमा विनोदकुमार शाहले आर्थिक मामिला तथा योजना, मंगलबहादुर शाहीले भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत, भीमप्रकाश शर्माले भूमि व्यवस्था, कृषि तथा सहकारी, कृष्णबहादुर जिसीले आन्तरिक मामिला तथा कानून, टेकराज पछाईले सामाजिक विकास र जीतबहादुर मल्लले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

 

प्रतिकृया दिनुहोस्