OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ११, २०७९सुर्खेत
२६४ पटक

११ माघ २०७९, बुधबार

कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले पार्टी सदस्यता परित्याग गर्नुभएको छ । सत्ता गठबन्धन दल नेकपा एमालेबाट गुरुङ् यही माघ १ गते सभामुखमा निर्वाचित हुनुभएको थियो ।

उहाँले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपा एमालेको प्रदेश कमिटि सदस्यबाट परित्याग गरिएको जानकारी दिनुभएको छ । जारी विज्ञप्तिमार्फत् सभामुख गुरुङले भन्नुभएको छ, “सभामुख पदका हिसाबले साझा भूमिकाका रहनुपर्ने भएकोले संवैधानिक प्रावधानप्रति प्रतिवद्ध हुँदै म आवद्ध रहेको दल नेकपा एमालेको सम्पूर्ण जिम्मेवारी र आवद्धताबाट अलग भएको घोषणा गर्दछु ।”

सभामुख पदको जिम्मेवारी बहन गर्दा स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ । सभामुख गुरुङ नेकपा एमाले सुर्खेतबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । हाल उहाँ वीरेन्द्रनगर नगरपालिका २ सुर्खेत निवासी हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्