OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ १०, २०७९
२९६ पटक

१० माघ २०७९, मंगलबार

आज दिउसो २ः४३ बजेतिर गएको ५.९ म्‍याग्निच्यूडको भूकम्पको केन्द्रविन्दु बाजुराको मेला भएको जनाईएको छ । भूकम्प जाँदा जाँदा बाजुरका विभिन्न स्थानमा घर भत्किएका छन् ।

बाजुराको बडिमालिका नगरपालिका–६ मा एउटा विद्यालय र दुई घर वडा नं ७ मा एउटा घर र वडा नं २ घर भत्केको प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ । उद्दारका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

भूकम्पको धक्का महसुस सुदूरपश्चिमसहित कर्णाली प्रदेशका सबै जिल्लामा भएको छ । आज दिउँसो २ः४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।

भूकम्पको धक्का सुदूरपश्चिमका अधिकांश जिल्लासँगै छिमेकी देश भारत उतराखण्ड प्रदेशका विभिन्न जिल्लामा पनि महसुस गरिएको बताइएको छ ।

यसअघि कात्तिक तेस्रो साता सुदूरपश्चिमको डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो । केही मानिस घाइते भएका थिए । उक्त समयमा सयौं परकम्प पनि गएका थिए ।

 

 

प्रतिकृया दिनुहोस्