OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ८, २०७९जुम्ला,
३६८ पटक

माघ ७ गते । पानी नपरेर खडेरी भईरहेको तथा वनजंगलमा आगलागी भईरहेको समयमा जुम्लामा शशस्त्र प्रहरीले आगलागी नियन्त्रण सम्वन्धमा सचेतनामुलक डेमो प्रदर्शन गरेको छ ।

शशस्त्र प्रहरीवल ३३ नम्बर गणले आफ्नो २२ औ स्थापना दिवशको पूर्वसन्धाहमा चन्दननाथ नगरपालिका वडा नम्बर १० गैरागाउँमा नमुना आगलागी भएको घरमा नियन्त्रण तथा आगो निस्किएको ग्यास सिलण्डिर निभाउने बिषयमा सचेतना कार्यक्रम गरेको हो ।
शशस्त्र प्रहरीले वडा नम्बर १० का सयौ नागरिकको बिचमा सो सचेतना मुलक डेमो प्रदर्शन गरेको छ । नमूनाको रुपमा तयार पारिएको घरमा लागेको आगो नियन्त्रण कसरी गर्ने, घरमा भएका मानिसहरुलाई कसरी उद्धार गर्ने बिषयमा अभ्यास गरि सर्वसाधारणलाई सचेतना गरिएको छ ।

आगलागी नियन्त्रण सचेतना डेमो सहित घरमा कुनै कारणले ग्यास लिग भईहालेछ भने त्यसको नियन्त्रण कसरी गर्ने सो को अभ्यास पनि गरिएको शशस्त्र प्रहरी ३३ नम्बर गण जुम्लाका गणपति चित्रांगत दाहालले जानकारी दिनुभयो । उहाँले सामान्य सचेतना नहुदा दुर्घटना ठूलो हुने भएकाले घरमा ग्यास सिलण्डिर लिग हुदा नडराई अक्सिजन नआउनेगरी कम्वल वा कपडाले ढाक्नेहो भने निभ्ने बिषय देखी आगलागी ह्ुदा अपनाउनु पर्ने उपाएका बिषयमा सचेतना गरिएकोमा जोड दिनुभयो ।

उक्त सचेतना कार्यक्रम गाउँमा गरेपछि स्थानीय खुशी भएका छन् । वडाध्यक्ष नवराज शाहीले आगलागी नियन्त्रण सम्वनत्रमा सचेतना कार्यक्रम पहिलो पटक गरिदिएकोमा शशस्त्र प्रहरीवल जुम्लालाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले यस्ता कार्यक्रमहरु नियमित हुन आवश्यक भएकोमा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले शशस्त्र प्रहरीले स्थापना कालदेखी शान्ति सुरक्षा, सिमा सुरक्षा देखी विपत व्यवस्थामा ठूलो योगदान पुरयाएको बताउदै नागरिक जोगाउने सचेतना कार्यक्रममा थप जोड दिनेमा प्रोत्साहन दिनुभयो । सचेतना कार्यक्रममा वडानम्बर १० का सयौ नागरिक सहित, सुरक्षा निकायका प्रमुखहरु र सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।
नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले गाउँमा आगलागी नियन्त्रण सम्वन्धी यो सिजनमा अत्यान्तै आवश्यक रहेकोमा जोड दिनु्भयो । उहाँले यस्ता सचेतना कार्यक्रम बढाउन स्थानीय सरकार र सुरक्षा निकायको अत्यान्तै आवश्यकता रहेकोमा जोड दिनुभयो । उहाँले विपतका सामग्री हरेक वडा तथा गाउँमा आवश्यक रहेकाले स्थानीय सरकारले तयारी गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
शशस्त्र प्रहरीका गणपति दाहालले जुम्लामा पछिल्लो समयमा आगलागीका घट्ना बढ्दै गएकाले सचेतना कार्यक्रम निरन्तर गर्न आवश्यक रहेकोमा बताउनुभयो । शशस्त्र प्रहरीका अनुसार जुम्लामा पछिल्लो समयमा जुम्लामा ५ वटा ठूला आगलागीका घटना भएका छन । जसमध्य चन्दननाथमा ३, तातोपानी गाउँपालिकामा १ र तिला गाउँपालिकामा १ घटना भएका छन् ।

प्रतिकृया दिनुहोस्