OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ७, २०७९सुर्खेत
५४४ पटक

७ माघ २०७९, शनिबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा कथाकार उमालाल आचार्यको कथाकृति ‘डान्सबार’ लोकार्पण गरिएको छ ।

कर्णाली साहित्य समाज सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘लोकार्पण समारोह’ कार्यक्रममार्फत् उक्त कथाकृति ‘डान्सबार’को लोकार्पण गरिएको हो । कर्णाली प्रदेशमा रही लामो समयदेखि साहित्य र नाट्य क्षेत्रमा कलम चलाउँदै आएका आचार्यको कथाकृति उहाँका नाती सौहार्द आचार्यद्वारा लोकार्पण गरिएको हो । यस कथा संग्रहमा कालो पूर्णिमा, डान्सबार, कुरुवा, भरोसा, एउटा पर्चा, पहिरो, अनुराग र दिदी गरी आठवटा कथा समावेश गरिएको छ ।

डान्सबार कथा संग्रहमा राजनीतिक, साँस्कृतिक, विगत, वर्तमान, विभिन्न ठाउँ, त्यहाँ बोलिने भाषाहरुको पक्षलाई उठाइएको छ । उहाँले विसं.२०७३ सालमा हितैषी, बादलको आकृति, साईत, फरक यात्रा, धोको, कसुर, पानी पैँचो, वचन र छातीको आगो गरी नौवटा कथा समेटिएको ‘कसुर’ नामक कथा संग्रह बजारमा ल्याउनुभएको थियो । लोकार्पित ‘डान्सबार’ कथाकृतिमाथि साहित्यकार गणेशभक्त गौतमले टिप्पणी गर्नुभएको हो ।

त्यसैगरी मदन पुरस्कार प्राप्त लेखक रामलाल जोशीको आख्यान ‘बाआमा’ माथिको विमर्श पनि आज गरिएको छ । आख्यानकार जोशीको आख्यानमा लेखिएको कथा, नलेखिएको बयान, भेटिएकी देवी, साथीको सम्झना, गुरुको साथ, छोराको सपनालगायत एक दर्जन कथाहरु समेटिएका छन् । उक्त आख्यान ‘बाआमा’को विमर्शमाथिको टिप्पणी मध्यपश्चिम विश्वद्यिालयका उपप्रध्यापक वासुदेव पाण्डेले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा कर्णाली साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारीले आजको विमर्शात्मक कार्यक्रम अत्यन्तै उत्कृष्ट रहेको बताउनुभयो । उहाँले पछिल्लो समयमा कर्णालीको माटोमा साहित्य र लेखन कार्य दुवैको उर्बरता बढ्दै गएको जनाउनुभयो । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, बुद्धिजीवि, लेखक, कलाकार, विद्यार्थी तथा पत्रकार सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्