OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ६, २०७९सुर्खेत
२०८ पटक

६ माघ २०७९ शुक्रबार

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले आज बसेको प्रदेशसभाको पहिलो अधिवेशनका छैटौं बैठकमा मुख्यमन्त्री शर्मालाई आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने प्रस्ताव राख्न समय दिनुभयो । उहाँले नेपालको संविधानको धारा १८८ बमोजिम आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने कुराको स्पष्ट गर्न प्रदेशसभा समक्ष विश्वासको मतका लागि प्रस्ताव राख्नुभयो ।

मुख्यमन्त्री शर्माले उक्त प्रस्ताव सभामा राखेसँगै तत्काल प्रदेशसभा सदस्यमा कायम रहेको ४० सदस्य संख्यामा २५ सदस्यले उहाँको पक्षमा विश्वासको मत दिएका थिए । जहाँ ३९ प्रदेशसभा सदस्यहरु बैठकमा उपस्थिति थिए । १४ सदस्यले विश्वास प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

सभामुख गुरुङले मुख्यमन्त्रीले आफूलाई प्रदेशसभामा विश्वास छ भनि राख्नुभएको प्रस्तावमा प्रदेशसभामा तत्काल कायम रहेको सदस्य संख्यामा २५ सदस्यले प्रस्ताव पक्षमा मत दिएको र उक्त सख्या बहुमत भएकोले सो प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो । अर्को सूचना नभएकासम्मका लागि बैठक स्थगित गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्