OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ६, २०७९सुर्खेत
२४८ पटक

५ माघ ६ शुक्रबार

कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मा आज विश्वासको मत लिनुहुने भएको छ ।

प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौं बैठकबाट मुख्यमन्त्री शर्माले विश्वासको मत लिन थाल्नु भएको हो । मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्रै विश्वासको मत लिने संवैधानिक व्यवस्था अनुसार आज बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिन मंगलबार नै प्रदेशसभा सचिवालयलाई जानकारी गराएको उहाँले बताउनुभयो ।

उहाँले आज नेपालको संविधानको धारा १८८ बमोजिम आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने कुराको स्पष्ट गर्न प्रदेशसभा समक्ष विश्वासको मतका लागि प्रस्ताव राख्नुहुनेछ । प्रदेशसभामा कायम रहेका ४० सदस्यहरु मध्ये सभामुखबाहेक सबैले मुख्यमन्त्रीमाथि विश्वास छ वा छैन भन्ने मत दिने अधिकार हुने प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताउनुभयो ।

उहाँका अनुसार आज ११ः०० बजे सर्वदलीय बैठक बस्नेछ । बैठकको निर्णय बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि आजै दिउसो १ः०० प्रदेशसभाको बैठक आह्वान हुनेछ । प्रदेशसभामा कायम रहेका सदस्य संख्यामा सत्तारुढ दल नेकपा माओवादीका १३, नेकपा एमालेका १०, समाजवादी, राप्रपाको एक÷एक र नेपाली काँग्रेसका १४ तथा एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

 

प्रतिकृया दिनुहोस्