OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ५, २०७९सुर्खेत
१९२ पटक

५ माघ २०७९, बिहीबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कर्णाली प्रदेश कार्य समिति अध्यक्षमा हरिमाया कार्की निर्वाचित हुनभएको छ ।

प्रतिष्ठानको दोस्रो अधिवेशनबाट आज कार्की निर्विरोध निर्वाचित हुनुभएको हो । ३५ सदस्यीय प्रदेश कार्य समितिमा बरिष्ठ उपाध्यक्षमा तुलसी शाही, प्रथम उपाध्यक्षमा खगेन्द्र गौतम, द्वितिय उपाध्यक्षमा धनबहादुर घर्ती, महिला उपाध्यक्षमा सृजना परियार निर्वाचित हुनुभएको छ । त्यस्तै, सचिवमा भानु रिजाल, कोषाध्यक्षमा केशरबहादुर थापा र सहसचिवमा याम थापा र नवराज भण्डारी निर्वाचित भएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिको सदस्यहरुमा कुलबहादुर वली, रंगबिरही कार्की, निर्मला गाहा मगर, रुद्रबहादुर गाहामगर, नन्दकृष्ण न्यौपाने, तीर्थराज पुरी, मोहन बुढा, सुरेन्द्र आचार्य र चन्द्रबहादुर बडुवाल रहेका छन् । कर्णालीको कला, संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन तथा मौलिकपन बचाउने गरी प्रतिष्ठानले आफ्नो कार्ययोजना बनाएर अगाडि बढ्ने नवनिर्वाचित अध्यक्ष कार्कीले बताउनुभयो ।

दोस्रो अधिवेशनमा कर्णाली प्रदेशको डोल्पाबाहेक नौ जिल्लाका अध्यक्ष तथा प्रदेश प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्