OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ४, २०७९सुर्खेत
१७२ पटक

४ माघ २०७९, बुधबार

कर्णाली प्रदेशका नवनिर्वाचित उपसभामुख यशोदा न्यौपाने (पूर्णिमा)ले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारकाे समुपस्थितिमा नवनिर्वाचित उपसभामुख न्यौपानेलाई आज सभामुख नन्दा गुरुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम १० बमोजिम उहाँले सभामुखसमक्ष शपथ ग्रहण भएको हो ।

प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको आज बसेको पाँचौं बैठकले उपसभामुख न्यौपानेलाई बहुमतले निर्वाचित गरेको थियो । सत्तारुढ दलका साझा उम्मेदवारका रुपमा उपसभामुखमा निर्वाचित न्यौपाने नेकपा (माओवादी केन्द्र) कालीकोटबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । शपथ ग्रहणसँगै उपसभामुख न्यौपानेले आजै पदभार ग्रहण गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्