OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २, २०७९काठमाडौं
१८८ पटक

२ माघ २०७९, सोमबार

राष्ट्रिय शोक मनाउन कर्णाली प्रदेशसभाको आज तोकिएको पहिलो अधिवेशनको चौथो बैठक स्थगित गरिएको छ ।

काठमाडौंदेखि पोखराका लागि ६८ जना यात्रु र चारजना चालक दलका सदस्यसहित उडेको यति एयरलायन्सको एटिआर–७२ को विमान आइतबार बिहान १०ः३२ बजे पोखरा महानगरपालिका १५ कास्की नयाँ गाउँस्थित सेती नदीको खोँजमा परी दुर्घटना भएको थियो ।

नेपालको इतिहासमा आन्तरिक उडानको यो ठूलो दुर्घटनालाई लिएर सरकारले राष्ट्रिय शोक मनाउन विदा दिएसँगै प्रदेशसभाले आज बस्ने भनेको बैठक स्थगित गरेको हो ।

विमान दुर्घटनामा परेर ठूलो जनधनको क्षति भएको यस घटनाले मुलुक नै शोकमा डुबेकोले प्रदेशभसाको आजको बैठक स्थगित गरिएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताउनुभयो ।

उहाँका अनुसार प्रदेशसभाको उक्त बैठक कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम भोलि माघ ३ गते मंगलबार दिनको १ः०० बजे बस्ने गरी सूचना प्रकाशित गरिएको छ ।

प्रतिकृया दिनुहोस्