OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

जीप दुर्घटना एकको मृत्यू, १५ घाईते

चालक फरार, अस्पतालमा भिड

नेत्र शाही ,माघ २, २०७९जुम्ला,
२१७ पटक

माघ २ गते । जुम्लामा जीप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पातारासी गाउँपालिका वडा नम्बर ६ कोटाभिरमा सदरमुकामबाट पातारासीको लासी जादै गरेको जीप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख तथा प्रहरी नायव निरीक्षक यमबहादुर बुढामगरका अनुसार ग १ ज ४०३५ नम्बकरको जीप दुर्घटना हुदा एक जनाको घटनास्थलमा मृत्यू भएको छ, भने १५ जना घाईते भएका छन ।

प्रहरीका अनुसार दुर्घटनामा परी पातारासी गाउँपािलका १ निवासी अन्दाजी ४२ बर्षिय छोदेन लामाको मृत्यू भएको हो । जीप दुर्घटनामा १५ जना घाईते भएका छन् । घाईते मध्य दुई जनाको अवस्था गम्भिर छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अस्पताल निर्देशक डाक्टर राजिव शाहका अनुसार ६३ बर्षकी मिनजम लामा र ८७ बर्षका कार्मा लामा गम्भिर घाईते छन् । यसैगरी घाईते हुनेमा १३ बर्षिय उर्गेन लामा, ७४ बर्षका छिरिड सांमु लामा, २४ बर्षकी छिरिड पुटिक लामा,४२ बर्षका जिग्मे लामा, १२ बर्षका उर्गेन हेग्जीन लामा, १७ बर्षका पेमा लामा, २३ बर्षका निमा सांमो लामा रहेका छन् ।
यसैगरी १७ बर्षका तुलसंग तामाड, ४० बर्षका कार्मा लामा, २० बर्षका छिरिड पाल्जोर लामा, २७ बर्षका यसी तामाड र ४ बर्षका सनम तामाड रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयले जीप सड्कबाट ५० फिट तल तिला नदिको किनारामा खसेको जानकारी दिएको छ । जीपमा सवार मानिसहरु उपचारका लागि एम्बुलेन्समा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पुरयाई उपचार भईरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ । उक्त दुर्घटनामा गाडि चालक र सहचालक फरार भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सो जीप संचालन गरिरहेका चालक भने फरार छन् । चालकको खोजी कार्य भईरहेको प्रहरी निरीक्षक यमबहादुरबुढा मगरले जानकारी दिनुभयो ।

दुर्घटनाबाट घाईते भएपछि अस्पतालमा भिड बढेको छ, पातारासी गाउँपालिका अध्यक्ष पुर्णसिंह वोहरा र उपाध्यक्ष जनमाया रोकाया सहित आफन्तहरुले कर्णाली प्रतिष्ठान भरिभराउ भएको छ । कर्णाली प्रतिष्ठानले भने ईमरजन्सी कक्षमा उपचार गर्ने जनशक्ति एकैपटक दर्जनौ बढाएको छ । घाईतेको विरामीको छरितो उपचारका लागि अस्पताल निर्देशक राजिव शाह सहित ईमरजन्र्सी सहितका अतिआवश्यक क्षेत्रमा जनशक्ति बढाएको देखिन्छ ।

प्रतिकृया दिनुहोस्