OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,माघ २, २०७९जुम्ला,
३४० पटक

माघ २ गते । जुम्लामा जीप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पातारासी गाउँपालिका वडा नम्बर ६ कोटभिरमा सदरमुकामबाट पातारासीको लासी जादै गरेको जीप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख तथा प्रहरी नायव निरीक्षक यमबहादुर बुढाका अनुसार ग १ ज ४०३५ नम्बकरको जीप दुर्घटना हुदा एक जनाको घटनास्थलमा मृत्यू भएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा पातारासी गाउँपािलका १ निवासी अन्दाजी ४२ बर्षिय छोदेन लामाको मृत्यू भएको हो । दुर्घटनास्थलमा प्रहरी पु्गिसकेको र बृस्तृत जानकारी आउन वाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जीप सड्कबाट ५० फिट तल तिला नदिको किनारमा खसेको थियो ।

जीपमा सवार मानिसहरु उपचारका लागि एम्बुलेन्समा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पठाईएको छ । घाईतेको अवस्थाका लागि थप जानकारी लिईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्