OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १, २०७९सुर्खेत
२६८ पटक

१ माघ २०७९, आइतबार

कर्णाली प्रदेशको सभामुखमा निर्वाचित प्रदेशसभा सदस्य नन्दा गुरुङले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारले नवनिर्वाचित सभामुख गुरुङलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ८ बमोजिम उहाँले प्रदेश प्रमुख परियारसमक्ष शपथ ग्रहण भएको हो ।

प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको आज बसेको तेस्रो बैठकले सभामुख गुरुङ्ललाई बहुमतले निर्वाचित गरेको थियो । सत्तारुढ दलका साझा उम्मेदवारका रुपमा सभामुखमा निर्वाचित गुरुङ नेकपा एमाले सुर्खेतबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

 

 

प्रतिकृया दिनुहोस्