OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १, २०७९सुर्खेत
२०८ पटक

१ माघ २०७९, आइतबार

कर्णाली प्रदेशको सभामुखमा सत्तारुढ दल नेकपा माओवादी र एमालेका साझा उम्मेदवार नन्दा गुरुङ निर्वाचित हुनुभएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको तेस्रो बैठकले सभामुख गुरुङ्ललाई बहुमतले निर्वाचित गरेको हो । प्रदेशसभाका ज्येष्ठ सदस्य हिक्मतबहादुर विष्टले बैठक सञ्चालन गर्दै कर्णाली प्रदेशसभा नियमावली, २०७९ को उपनियम ७ को उपनियम ६ बमोजिम मत विभाजन गर्नुभयो । प्रदेशसभामा रहेका ४० जना सदस्यहरुमा बैठकमा उपस्थित ३८ सदस्यहरु मध्ये गुरुङको पक्षमा २४ जनताको मत परेको थियो ।

त्यस्तै, नेपाली काँगे्रसका सभामुखका उम्मेदवार खड्ग पोखरेलको पक्षमा १४ जनाको मत परेको थियो । स्वतन्त्र उम्मेदवार देवेन्द्र शाहीसहित दुई जना सदस्य तटस्थ रहेका थिए । नेकपा एमाले सुर्खेतबाट समानुपातिकमा निर्वाचित सभामुख गुरुङको कर्णालीको इतिहासमा पहिलो महिला सभामुख हुनुभएको छ ।

अर्को बैठक भोलि माघ २ गते दिउसो १ बजे बस्ने ज्येष्ठ सदस्य शाहीले जानकारी दिनुभयो । नवनिर्वाचित सभामुखकाे पद तथा गाेपनीयताकाे शपथ आज दिउसाे ४:३० बजे हुने कर्णाली प्रदेश प्रमुखकाे कार्यालयले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्