OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १, २०७९सुर्खेत
१९२ पटक

१ माघ २०७९, आइतबार

कर्णाली प्रदेश प्रमुख तिलक परियारले माघी हिमाल, पहाड र तराई जोड्ने मौलिक पर्व भएको बताउनुभएको छ ।

थारु जातिको माघी र मगर जातिको माघे सकरातीका रुपमा मनाईने पर्वको अवसरमा आज एक शुभकामना सन्देशमार्फत देश तथा विदेशमा बसेका आमाबुबा, दाजुभाई, दिदीबहिनीसहित सम्पूर्णमा नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख परियारले माघी सबै भेक क्षेत्रको साँस्कृतिक र भाइराचार सम्बन्ध कायम गर्ने विशिष्ट पहिचान बोकेको पर्व भएको उल्लेख गर्नुभएको छ ।

एक शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “माघी, माघे वा मकर सक्रान्ति दिएर विभिन्न नामले मुलुकभित्र रहेका सबै जाति, भाषा, धर्म र समुदायका मानिसहरुले मनाउने पर्वले हामी सबैलाई एकै मालामा गाँसेको छ । यसले संविधानको स्वीकार्यतालाई बढाउँदै त्यसको कार्यान्वयन जोड दिन हिमाल, पहाड र तराईमा बस्ने सबै समुदायलाई एकाकार हुन सहयोग पुर्याएको छ ।”

बहुजाति, बहुधार्मिक, बहुसाँस्कृतिक र बहुभाषिक सुन्दर देश नेपालमा अनेकतामा एकता र विविधतामा विशिष्टता रहेको जनाउँदै यो पर्वले राष्ट्रिय एकता, स्वाभिमान र साँस्कृतिक सम्बन्धलाई बलियो बनाउँदै मुलुकको विकासमा एकतावद्ध हुन प्रेरणा मिल्ने विश्वास लिएको प्रदेश प्रमुख परियारले बताउनुभएको छ ।

 

प्रतिकृया दिनुहोस्