OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ३०, २०७९सुर्खेत
१९६ पटक

३० पुस २०७९, शनिबार

कर्णाली प्रदेशसभाका सदस्यहरुले पछिल्लो दिनहरुमा कुनैपनि पार्टीहरु पैसा कमाउने उद्योग बनेको बताएका छन् ।

जुम्ली एकता सेवा समाज सुर्खेतद्वारा आज आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै जुम्लाबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले हरेक पार्टी पैसा कमाउने उद्योग बन्दै एको टिप्पणी गर्नुभयो । व्यक्तित्व, त्याग र इमान्दारिता भन्दा पैसा र पावरका आधारमा व्यक्ति रोज्ने नेतृत्वको प्रवृतिविरुद्ध निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिँदा जनताले जिताएको भन्दै उहाँले भाषणले विकास र जनताको पेट नभरिने बताउनुभयो ।

यस अघि प्रदेश सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने नाममा विनियोजित बजेटबाट ४०÷६० गरेर खाने संस्कृति बसालिएकोले जनतामा सुशासनको प्रत्याभूति हुन नसकेको प्रतिक्रिया दिँदे उहाँले भन्नुभयो, “डिपिआर गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन वा प्रारम्मिक वातावरणीय मूल्याङ्कन आवश्यक हुन्छ,” उहाँले भन्नुयभयो, “तर डिपिआरकै नाम दिएर अघिल्लो कार्यकालमा कर्णाली धेरै ठूलो अनियमितता भयो ।”

प्रदेशसभा सदस्य टेकराज पछाईले मान्यता त्यागेर काम गर्दा जनताले यो तहमा पुर्याएको बताउनुभयो । उहाँले जनताको समृद्धिको भारी बोकेर आएको भन्दै त्यो अभिभारा पुरा गर्नु प्रमुख जिम्मेवारी रहेको जनाउनुभयो । सदस्य पछाईले भन्नुभयो, “कुरा होइन, काम गर्नेछु । प्रतिफल देखाउन मेरो प्रयत्न जारी हुनेछ ।”

त्यस्तै, प्रदेशसभा सदस्य यशोदा न्यौपानेले मुक्ति वा मृत्युको कसम खाएर १५ वर्षको उमेरमा आन्दोलन रोजी थुप्रै चुनौति सामना गरेको परिणामतः आज यो अवसर प्राप्त भएको बताउनुभयो । “कर्णालीको विकासका निम्ति शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनका क्षेत्रमा साझा धारणा बनाएर अगाडि बढ्नुपर्दछ,”, उहाँले भन्नुभयो, “यसका लागि प्रदेशसभामा बलियो मत दर्ज गर्नेछु ।”

जुम्लासहित सिंगो कर्णालीको समृद्धिमा ऐक्यवद्ध भएर लाग्ने प्रण गर्दै प्रदेशसभा सदस्यत्रयले राज्य र जनतालाई फाईदा हुने विकास योजना निर्माणमा जोड दिने जनाए । साधन स्रोतको प्रचुर संभावनालाई अवसरमा बदल्न सबैको सुझाव र हातेमालो आवश्यक रहेको उनीहरुको भनाई थियो । उक्त कार्यक्रमका सहभागीहरुले जनता र जनप्रतिनिबीचको प्रगाढ सम्बन्ध कायम हुनेगरी काम गर्न सुझाएका थिए ।

प्रतिकृया दिनुहोस्