OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २८, २०७९जुम्ला ,
३६६ पटक

२८ पुस २०७९ बिहीबार

प्रेस सेन्टर जुम्लाको नयाँ नेतृत्व चयन गरिएको छ । क्रियाशिल पत्रकार विजय रावतलाई नयाँ अध्यक्ष चयन गरिएको हो ।

लामो समयदेखि नेतृत्व विहीन रहेको प्रेस सेन्टर जुम्लाको अध्यक्षमा रावत चयन भएपछि पूर्णता पाएको हो । प्रेस सेन्टरका केन्द्रीय सदस्य नेत्रबहादुर शाही र प्रेस सेन्टर जुम्लाका बरिष्ठ सल्लाहकार पूर्णप्रसाद चौलागाईको उपस्थितिमा नयाँ नेतृत्व चयन भएको हो ।

पदाधिकारीमा उपाध्यक्ष उमेश बुढा, महिला उपाध्यक्ष अनिता बुढा, सचिव गोल्डेन बुढा, सहसचिव उमेर परियार, समाबेशी सहसचिव रामप्रकाश विकसहित १९ सदस्यीय कमिटी छ । सदस्यहरुमा डिल्ली कामी र प्रकाश विक पनि थपिएका छन् ।

नयाँ नेतृत्वमा चयन भएको अध्यक्ष रावतले सवैको सल्लाह सुझाब नै प्रेस सेन्टर अगाडी बढ्ने बताउनुभयो । उहाँले यसमा अन्य पदाधिकारीको साथ सहयोगको आवश्यकता रहन्छ ।

प्रेस सेन्टर जुम्ली इतिहासमा अव्बल नै रहेको छ, केन्द्रीय सदस्य नेत्रबहादुर शाहीले भन्नुभयो, यो विरासत कायम राख्न हामी जुटिरहेको छौँ । यसमा नयाँ नेतृत्वका पदाधिकारीले भूमिका खेल्नु पर्दछ ।

प्रतिकृया दिनुहोस्