OnlinePana

आज : २०८१ मंसिर ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २८, २०७९काठमाडौं
३९८ पटक

पुष २८ गते । हिमा गाउँपालिका ७ रुपेल्ली देवी आधारभुत विद्यालया गुणस्तरीय भवन निर्माण भएको छ । सो विद्यालय वालमैत्री तथा अपांगतामैत्री विद्यालय निर्माण भएको हो । प्लान ईन्टरनेश्नल नेपालको सहयोगमा किर्डाक नेपालले दुई वटा ब्लगमा ४ कोठे भवन निर्माण गरेर विद्यार्थीलाई सहज भएको छ ।

अहिले विद्यार्थीहरु सो भवन निर्माण भएपछि सजिलै अध्ययन गर्न पाएका छन् । विद्यालयका अनुसार २७० जना विद्यार्थी अहिले छन् । नयाँ भवनमा एक सय भन्दा बढि विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।

हिमा गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष बिक्रमबहादुर शाहीका अनुसार कक्षाकोठा गुणस्तर र दृष्टिविहिन मैत्रीबाटो समेत उक्त भवनमा निर्माण गरिएको छ । कक्षा ७ सम्म संचालन भईरहेको उक्त विद्यालयमा ४ कोठे पक्की वालमैत्री तथा अपांगतामैत्री भवन निर्माण भएपछि धेरै राहात भएको स्थानीयले जनाएका छन् । उहाँले विद्यालयमा सो भवन नमूनाको रुपमा स्थापित भएपछि अन्य भवन पनि त्यस्तै निर्माण गर्न स्थानीय सरकारले पहल गर्ने उहाँको जोड थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संदिप शाहीले विद्यालयमा नयाँ निर्माण भएको भवन गुणस्तर भएको जानकारी दिदै सो भवनमा ईसिडि देखी १ देखी ३ सम्म अध्ययन भईरहेको जानकारी दिनुभयो । उहाँले सो भवन निर्माणमा सहयोग गर्ने सहयोगी निकायलाई धन्यवाद दिनुभयो । उहाँका अनुसार कक्षाकोठा भित्र वालमैत्री टेवुल, कुसुन र शैक्षिक सामग्री समेत रहेका छन् ।

विद्यालय राम्रो बनेपछि सरोकारवाला निकायले अनुगमन गरेका छन् । प्लान नेपालका क्षेत्रीय प्रवन्धक मिना पराजुली, जिल्ला समन्वय समितिका संयोजक नरविर सुनार सहित सरोकारवाला निकायले विद्यालयको अनुगमन गरेका छन् । अनुगमनको क्रममा प्लानका क्षेत्रीय प्रवन्धक पराजुलीले गुणस्तर भवन नमूनाको रुपमा निर्माण भएको बताउनुभयो, अन्य भवनहरु यस्तै निर्माण गर्न आवश्यक रहेको उहाँको जोड छ । भवन निर्माणमा रु ६३ लाख ६३ हजार ४ सय ६२ खर्च भएको छ, जसमध्य रु ३ लाख ४६ हजार छ सय ४० रहेको छ ।

क्याप्सन : हिमा ७ जुम्लाको रुपेल्लीदेवी आ.विमा निर्माण भएको नमूना भवन तस्बिर नेत्र शाही जुम्ला ।

प्रतिकृया दिनुहोस्