OnlinePana

आज : २०८३ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष २८, २०७९
४६८ पटक

२८ पुस २०७९ बिहीबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।

आज दिउसो ४ः०० बजे कर्णाली प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मुख्यमन्त्री शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु हुनेछ । शपथ लिएसँगै सत्ता गठबन्धन दल माओवादी र एमालेका एक÷एक मन्त्री बनाएर तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको मुख्यमन्त्री शर्माले जानकारी दिनुभयो ।

शर्मालाई प्रदेश प्रमुख परियारले बुधबार दावी पेश गरेलगत्तै नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । नेकपा माओवादी केन्द्र र एमाले कर्णाली प्रदेश कमिटिको बुधबार बसेको बैठकबाट ढाई÷ढाई वर्ष आलोपालो सरकारको नेतृत्व दुवै पार्टीले गर्ने सहमति भएसँगै एमालेको समर्थनमा मुख्यमन्त्रीले दावी पेश गर्नुभएको थियो ।

सहमति अनुसार मुख्यमन्त्रीसहित चार मन्त्रालय माओवादी र तीन मन्त्रालय एमालेले लिनेछ । आठ मन्त्रालय रहेको कर्णाली प्रदेशमा दुवै दलको बृहत छलफलपछि सात मन्त्रालय कायम गर्नेसमेत सहमति भएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्