OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २५, २०७९काठमाडौं
४०४ पटक

पुष २५ गते । जुम्लाको सिंजा गाउँपालिका १ चुलेलगाउँमा तातोपानी आउने स्थान कक्ष निर्माण भएको छ ।
महिला तथा किश्वरीका लागि स्थानकक्ष निर्माण भएपछि गाउँभरीका महिलाहरु अहिले सो स्थानमा नुहाउने गरेका छन् । जुम्लाको चिसो सिजनमा तातोपानी आउने स्थानकक्ष निर्माण भएपछि हिउँदे सिजनमा तातोपानीमा नहाउन सजिलो भएको उनिहरुले बताएका छन् ।

प्लान नेपालको सहयोगमा पेस नेपाल जुम्लाले सो स्थानकक्ष नमूनाको रुपमा निर्माण गरिसंचालनमा ल्याएको हो । पेश नेपालका कार्यकारी अध्यक्ष किशोर न्यौपानले नमूनाको रुपमा स्थानकक्ष शुरुवात गरिएको बताउनुभयो । उहाँले सानो कामले पनि कहिलेकाही राहात हुने भएकाले चिसो सिजनमा राम्रो भएको बताउनुभयो ।

गाउँमा स्थान कक्ष सुचारु भएपछि सुरक्षित आनन्द तरिकाले नुहाउन र कपडा धुन मिलेको महिलाहरुले बताएका छन् । स्थानीय तिलाकन्या आचार्यले स्थानकक्ष निर्माण भएपछि खोलामा नुहाउन जानुपर्ने वाध्यता हटेको बताउनुभयो । अर्कोतिर हिउँदको चिसो सिजनमा तातोपानी आएपछि

किश्वरीहरुको पनि नुहाउने भिड लाग्ने गरेको छ । सिंजा गाउँपालिका किश्वरी संजालकी कोषाध्यक्ष निर्मला आचार्यले छोरीहरुका लागि सुरक्षित नुहाउने स्थानकक्ष नमूना भएकोमा धन्यवाद दिनुभयो ।

समिति जुम्लाका कार्यवाहक प्रमुख नरविर सुनार,प्लान नेपालका क्षेत्रीय प्रवन्धक मिनापराजुली सहित सरोकारवाला निकायहरुले उक्त कक्षको अनुगमन गरेका छन् । प्रवन्धक पराजुलीले चिसोमा किश्वरी तथा महिलाहरुका लागि स्थानकक्ष निर्माण भएकोमा खुशी व्यक्त गर्नुभयो । स्थान कक्षको लागत रु ६ लाख ६८ हजार ५४८ रहेको पेश नेपाल जुम्लाका कार्यक्रम संयोजक हेमराज भट्टले जानकारी दिनुभयो ।

महिलाहरुले स्थानकक्ष सुरक्षित गर्न संरक्षण समिति समेत गठन गरेका छन् । स्थानीय ठुमुरा वडको अध्यक्षतामा स्थानकक्ष निर्माण गरिएको हो ।
खानेपानीको समस्या :
महिलाहरुले नुहाउने पानी भएपनि गाउँमा खानेपानीको समस्या भएको बताएका छन् । गाउँमा एक सय घरधुरी छन् । तर व्यवस्थित खानेपानी नहुदा समस्या भएको महिलाहरुले जनाएका छन् ।

संरक्षण समितिका अध्यक्ष ठूमुरावडले व्यवस्थित नुहाउने कक्ष भएपनि गाउँमा खानेपानीको समस्या भएकाले सहयोग गर्न अनुरोध गर्नुभयो । महिलाहरुले एक मात्र खानेपानीको पाईप चिसोले जमेपछि गाँउमा पानी जान समस्या भएकाले खानेपानीमा समेत सहयोग गर्न अनुरोध गर्नुभयो ।

क्याप्सन  : सिंजाको चुलेल गाउँमा तातोपानी आउने स्नानकक्ष तस्बिर नेत्र शाही जुम्ला ।

प्रतिकृया दिनुहोस्