OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २४, २०७९काठमाडौं
१९५ पटक

२४ पुस, काठमाडौं । सत्ता साझेदार दलहरुबीच चार वटा प्रदेशमा एउटै दलको नेतृत्वमा ५ वर्ष सरकार चलाउने सहमति भएको छ । तीन वटा प्रदेशमा भने आलोपालो हुनेछ ।

आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशको सरकार ५ वर्ष नै एमालेले नेतृत्व गर्ने सहमति भएको छ । यसैगरी कर्णाली प्रदेशको सरकार भने ५ वर्ष माओवादी केन्द्रले नेतृत्व गर्नेछ ।

बाग्मती र सुदूरपश्चिमा एमाले र माओवादीबीच आलापालो हुनेछ । यो सहमतिअनुसार बागमतीमा पहिलो पटक माओवादीले नेतृत्व गर्नेछ भने सभामुख राप्रपाले पाउनेछ । एमालेले उपसभामुख लिने सहमति शीर्ष तहमा जुटेको छ ।

सुदूरपश्चिममा पहिलो पटक एमालेले नेतृत्व गर्नेछ भने माओवादीले सभामुख लिने छ । मुख्यमन्त्री दाबी गरेको नागरिक उन्मुक्ति पार्टीलाई भने उपसभामुख लिन प्रस्ताव गरिएको थियो ।

अनलाईन खबर

प्रतिकृया दिनुहोस्