OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २३, २०७९, जुम्ला,
५२४ पटक

पुष २३ गते । जुम्लामा कम्प्युटर शिक्षा अन्तरगतको एक महिने पिडिआईसिए कक्षा शुरु भएको छ । सिटिईभिटिको सहयोगमा राईटस्टेप एजुकेशन एकेमेडिमीको आयोजना तथा न्यूटेक्नोलोवजीको समन्वयमा जिल्लामा सो कक्षा औपचारिक शुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले सो कार्यक्रमको औपचारिक कक्षा उद्घाटन गर्नुभएको छ ।

जुम्लाको होटल दौतरीको सभाहलमा एक औपचारीक कार्यक्रम गरी कक्षा शुरु भएको छ । उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले कम्यूटर शिक्षाले वेरोजगारलाई रोजगारी बनाउने सवैभन्दा महत्वपूर्ण प्राविधिक शिक्षा भएको बताउनसुभयो । उहाँले अहिले समयमा एण्टा मात्रै कम्प्यूटर सफ्टेयर वनाउने हो भने आम्दानीको स्रोत बृद्धि हुने तथा जीवनयापनमा सहयोग पुग्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले जुम्लामा कम्प्यूटर सम्वन्धी लामो कोर्ष पहिलो पटक भएकाले सिटिईभिटि र आयोजना गर्ने संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले यो व्यवस्थित कम्प्युटर कक्षाले लोकसेवा देखी तत्कालनि रोजगारीमा सहयोग पुग्नेमा जोड दिने भन्दै पत्रकारिताको क्षेत्रबाट यस्ता बिषयमा जोड दिनुपर्ने बताउनुभयो ।

उद्घाटन कार्यक्रमका अध्यक्ष मकरबहादुर हमालले देशका ९० स्थानमा राईटस्टेप एजुकेशन एकेमेडिमीको शाखा भएको मध्य जुम्लामा पनि शुरु भएको बताउदै वेरोजगार यूवाहरु मात्रै नभई हरेक हरेक मानिसको पेशामा कम्प्यूटर शिक्षा आवश्यक रहेमा जोड दिनुभयो । सो कम्प्यूटर कक्षामा जुम्ला सहित कर्णालीका दशैवटा जिल्लाका ४० जना यूवा यूवतिहरु सहभागि छन् । तिनिहरूलाई छात्रवृत्तिमा पढाईने भएकाे छ । उद्घाटन कार्यक्रममा प्रशिक्षक बरदान बुढाले एक बर्षका पढाई हुने कोर्षका बिषयमा जानकारी गराउनु भएको छ ।

 

प्रतिकृया दिनुहोस्