OnlinePana

आज : २०८३ जेठ ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १३, २०७९सुर्खेत
४४५ पटक

 

१३ पुस २०७९, बुधबार

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको नेतामा राजकुमार शर्मा सर्वसम्मत चयन हुनुभएको छ ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिको आज बसेको बैठकले शर्मालाई सर्वसम्मत रुपमा दल नेतामा चयन गरेको प्रदेश अध्यक्ष बिमला केसीले जानकार दिनुभयो । अध्यक्ष केसीले भन्नुभयो, “दल नेतामा कालिकोटका दुर्गबहादुर रावत, सुर्खेतका विन्दमान विष्ट र कृष्ण जिसी दावी रहेको थियो । हिजो र आज बसेको प्रदेश समितिको बैठकमा बृहत छलफलपछि उहाँलाई दलको नेतामा सर्वसम्मत बनाइएको हो ।”

दलको नेतामा निर्वाचित शर्मा रुकुम पश्चिम (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । विसं.२०७४ सालमा जिल्ला समन्वय समिति रुकुमपश्चिमको प्रमुख भएर काम गरिसक्नुभएका उहाँले पार्टीको जिल्ला इञ्चार्ज, प्रदेश अध्यक्ष हुँदै हाल नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य हुनुहुन्छ ।

 

प्रतिकृया दिनुहोस्