OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १२, २०७९सुर्खेत
२८४ पटक

१२ पुस २०७९, मंगलबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट ब्राउन सुगरसहित चार व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ८ सुर्खेतका १८ वर्षीय मोहन रासकोटी, वडा नं. ७ का २३ वर्षीय सुरज गौली, १० का २४ वर्षीय सुशील चौधरी र १८ वर्षीय राजन सार्की रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । उनीहरुलाई सोमबार बेलुका ६ः०० बजे पक्राउ गरिएको उहाँले बताउनुभयो ।

वीरेन्द्रनगर नगरपालिका १० सुर्खेत बुदबुदीस्थित दिदी बहिनी कटेजमा लागु औषध कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोली त्यहाँ पुगेर आठ पुरिया ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ लागु औषधसहित चारै जनालाई पक्राउ गरेको उहाँले बताउनुभयो । सूचना अधिकारी कार्कीका अनुसार पक्राउ परेका चारै व्यक्तिको थप अनुसन्धान भइरहेको छ ।

त्यस्तै, सोमबार राति ११ः०० बजे वीरेन्द्रनगर नगरपालिका २ सुर्खेत भुरेलीस्थित श्रवण हमाललाई कुटपिट गर्ने तथा अनिल बुढा र उनको श्रीमती पूजा बुढालाई चक्कु प्रहार गर्ने ३० वर्षीय डम्मर गुरुङ लगायत सात जनाको समुहलाई प्रहरीले खोजी कार्य जारी राखेको छ । घाईतेहरुलाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको अवस्था सामान्य रहेको र कुटपिटमा प्रयोग भएको दुईवटा मोटरसाईकलको सखर बरामद भएको छ ।

प्रतिकृया दिनुहोस्